काठमाडौँ, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा(माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
पुनले आज एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । साथै उनले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले आजको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन् ।
शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुसी व्यक्त गरेका छन् ।
उनले आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गरेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल