काठमाडौँ, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा(माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
पुनले आज एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । साथै उनले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले आजको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन् ।
शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुसी व्यक्त गरेका छन् ।
उनले आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गरेका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त