काठमाडौँ, सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा एकीकृत माओवादीका स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी भएका छन् ।
व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज सनिबार भएको मतदानमा पुनले ३२५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गरे ।
व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।
संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेकी थिइन् । यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाएका थिए ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहेका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए । पुनले संसद्मा रहेका एमाले, एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत १५ दलले समर्थन गरेका थिए ।
तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र सङ्घर्षदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्म महत्वपूर्ण योगदान गर्नुभएका एमाओवादी नेता पुन रोल्पाको राङ्सीदेखि बहादुर भवनको यात्रासम्म आइपुगेका हुन। व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
यसअघि सभामुख घर्तीले एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी भएकाले सांसदको पद खाली भएको सदनलाई जानकारी गराइन् ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ