काठमाडौँ, १४ कात्तिक । वार्ताबाटै मुलुकको समाधान खोज्नुपर्ने नेताहरुले बताएका छन् । रिपार्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मधेसका जायज मागलाई वार्तावाटै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधान विश्वकै तुलनामा राम्रो भएको बताउँदै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नेपाल र भारत दुवैलाई फाइदा नपुग्ने स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसीका मागलाई सम्बोधन गर्न सरकार तयार रहे पनि मधेसी राजनीतिक दलले जायज माग ल्याउन नसकेको बताउनुभयो । उहाँले सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर टुङ्ग्याउन सकिने बताउँदै मधेसमा आन्दोलन गर्नाको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो । नेता ज्ञवालीले तराईलाई हिमाल र पहाडसँग अलग गर्न नहुने विचार राख्दै जातीय आधारमा समेत राज्य बनाउन हुँदैन भन्नुभयो ।
थरुहट । थारुवान् सङ्घर्ष समितिका प्रवक्ता अमललाल मोदीले थारुका मागलाई मधेसी दलका मागसँग मिसाएर नहेर्न आग्रह गर्नुभयो । उहाँले सीमाङ्कनलाई हेरफेर गरेर मधेसमा तीन प्रदेश बनाइनुपर्ने समेत बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् मोर्चा वार्ता समितिका सदस्य लालबाबु राउतले सरकारले वार्तामा बोलाउने तर आफ्ना मागलाई सम्बोधन गर्न आलटाल गर्ने गरेको आरोप लगाउनुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनु आवश्यक रहेको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा