काठमाडौँ, १४ कात्तिक । वार्ताबाटै मुलुकको समाधान खोज्नुपर्ने नेताहरुले बताएका छन् । रिपार्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मधेसका जायज मागलाई वार्तावाटै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधान विश्वकै तुलनामा राम्रो भएको बताउँदै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नेपाल र भारत दुवैलाई फाइदा नपुग्ने स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसीका मागलाई सम्बोधन गर्न सरकार तयार रहे पनि मधेसी राजनीतिक दलले जायज माग ल्याउन नसकेको बताउनुभयो । उहाँले सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर टुङ्ग्याउन सकिने बताउँदै मधेसमा आन्दोलन गर्नाको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो । नेता ज्ञवालीले तराईलाई हिमाल र पहाडसँग अलग गर्न नहुने विचार राख्दै जातीय आधारमा समेत राज्य बनाउन हुँदैन भन्नुभयो ।
थरुहट । थारुवान् सङ्घर्ष समितिका प्रवक्ता अमललाल मोदीले थारुका मागलाई मधेसी दलका मागसँग मिसाएर नहेर्न आग्रह गर्नुभयो । उहाँले सीमाङ्कनलाई हेरफेर गरेर मधेसमा तीन प्रदेश बनाइनुपर्ने समेत बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् मोर्चा वार्ता समितिका सदस्य लालबाबु राउतले सरकारले वार्तामा बोलाउने तर आफ्ना मागलाई सम्बोधन गर्न आलटाल गर्ने गरेको आरोप लगाउनुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनु आवश्यक रहेको बताउनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय