धनगढी, १४ कात्तिक । पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ ।
इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले बताए ।
“इन्धन अभावमा मूल नहरको व्यारेलको काम र फिडर नहरको काम रोकिएको छ”–विष्टले भने, “स्काभेटर पनि चलाउन नसकिएकाले माटो खन्ने काम पनि रोकिएको छ ।”
कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विसं २०६६ देखि निर्माणाधीन यो आयोजनाको हालसम्म ४० प्रतिशत काम पूरा भइसकेको छ । कर्णाली नदी मुहान भएको यो आयोजनाको अहिलेसम्म इन्टेक निर्माण पूरा भएको छ ।
मूल नहरको माटो खन्ने करिब ७५ प्रतिशत काम पनि पूरा भएको छ । यस्तै एक हजार ३०० मि लामो पक्की नहर बनाउनु पर्नेमा अहिलेसम्म ठाउँठाउँमा गरी करिब पाँच सय मि नहर पक्की गर्ने काम पूरा भइसकेको छ ।
इन्टेक निर्माणका साथै मूल नहर र जलविद्युत् आयोजना निर्माण कार्य नेपाल सरकारको लगानीमा भइरहेको छ । अन्य काममा विश्व बैंकको अनुदान र ऋण सहयोग रहेको बताइएको छ । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुने विद्युत् आयोजना चार दशमलव ८८ मेगावाट क्षमताको रहेको छ । सिओ र टुडी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीका साथै जापानको मारुसिन सिताका निर्माण कम्पनी निर्माणमा संलग्न छन् ।
सन् २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गतका संरचनाको काम करिब रु तीन अर्ब १८ करोडमा निर्माण भइरहेको छ ।
आयेजनाबाट जिल्लाका पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिकाका साथै आसपासका गाविस क्षेत्रको झण्डै १४ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि विभिन्न क्रियाकलाप पनि सुरु गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग