जनताको अग्रगतिका लागि काम गर्छु ः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरमा रहेको शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरमा रहेको शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिधिभित्र रहेर नेपाली जनताको अग्रगतिका लागि आफू लागिपर्ने बताउनुभएको छ ।

मदननगर बल्खुस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रपति पदको गरिमा र मर्मलाई कायम राखी संविधानको व्यवस्थाअनुसार जनताको अग्रगतिका लागि काम गर्ने उल्लेख गर्नु भयो ।

बिहीबारबाट कार्यभार सम्हाल्नुभएका भण्डारी त्यहाँ पुग्नु हुँदा स्थानीयवासीले स्वागत गरेका थिए । सो स्थानमा यसअघि नेकपा (एमाले)को कार्यालय थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री