
राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरमा रहेको शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिधिभित्र रहेर नेपाली जनताको अग्रगतिका लागि आफू लागिपर्ने बताउनुभएको छ ।
मदननगर बल्खुस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रपति पदको गरिमा र मर्मलाई कायम राखी संविधानको व्यवस्थाअनुसार जनताको अग्रगतिका लागि काम गर्ने उल्लेख गर्नु भयो ।
बिहीबारबाट कार्यभार सम्हाल्नुभएका भण्डारी त्यहाँ पुग्नु हुँदा स्थानीयवासीले स्वागत गरेका थिए । सो स्थानमा यसअघि नेकपा (एमाले)को कार्यालय थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता