
राष्ट्रपति भण्डारी शीतल निवास सरिन्

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सरेकी छन् ।
आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गरेकी हुन् । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गरेकी छ्न् ।
उनी यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आएकी थिइन् । पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वोच्च पदमा पुगेकामा खुसी लागेको बताइन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई