काठमाडौँ, १२ कात्तिक । लामो समयदेखिको इन्धन सङ्कट समाधान गर्ने उद्देश्यका साथ ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ग्यास वितरण गर्ने भएको छ ।
व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४.२ किलो छ । आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको छ ।
प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने छ र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ ।
मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । ग्यास नपाएपछि राजधानीका उपभोक्ताले वैकिल्पक उपाय अपनाउन थालेका छन् । कालोबजारी गर्नेले प्रतिसिलिन्डर रु पाँच हजारसम्म बिक्री वितरण गर्ने गरेको गुनासो आएको छ ।
पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । एक बुलेट ग्यासमा एक हजार २०० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ४०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले उद्योगी व्यवसायीले ७.१ किलो ग्यास वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको छ ।
ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले बिक्रेतामार्फत वितरण गर्न लागिएको बताए । उनका अनुसार बिक्रेतामार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने भएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्रमाणित भएका बिक्री केन्द्रबाट ग्यास बिक्री गर्न लागिएको हो ।
बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । ‘‘उद्योगीले उद्योगबाट ग्यास वितरण गर्दा कालोबजारी मौलायो, त्यसलाई नियन्त्रण गर्न पनि डिलरलाई दिन लागिएको हो ’’ थापाले भने ।
काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । उद्योगमा शुक्रबारसम्म ग्यास बुलेट आइपुग्ने र पुनःभरण गरेर वितरण गरिनेछ । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ ।
ग्यास ढुवानी गर्ने करिब ४०० बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टा नाकाबाट ग्यास भित्रिन्छ ।
सामान्य अवस्थामा छ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरेका छन् । दुई महिनादेखि बन्द भएको रक्सौल नाकाबाट ७० प्रतिशत ग्यास भित्रिन्छ । हाल रक्सौलमा ग्यास बोकेका ३०० बुलेट रोकिएका छन् । अन्य नाकामा करिब ५० बुलेट रोकिएका छन् । यस्तै करिब ५० बुलेट तराईमा भित्रिएका छन् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग