बाजुरा, १२ कात्तिक । सुदूर तथा मध्यपश्चिमका हिमाली जिल्लामा अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात हुन सुरु भएको छ ।
दसँैलगत्तै अधिकांश हिमाली क्षेत्रमा बुधबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । “मङ्सिर १५ पछि हिउँ देखिन्थ्यो यस वर्ष चाँडै हिउँ परेको छ, खप्तडमा समेत हिउँ आएको छ, अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात सुरु भयो” कालुखेती गाविस–६ का विजय सिंहले बताए ।
सुदूरका बाजुरा, बझाङ, अछाम, डडेलधुरा र मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला कालीकोटलगायत जिल्लाको उच्च हिमाली भागमा गए रातिदेखि नै हिमपात हुन लागेको हो । रातभर आएको वर्षासँगै आएको हिउँका कारण यस क्षेत्रमा चिसो बढेको छ ।
बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने जनता चिसोका कारण समस्यामा परेका छन् । दसँै खाएर अछामको साँफेबगर हुँदै आफ्नो काममा फर्किने हुम्ला, मुगु र बाजुराका जनतालाई समस्या परेको छ ।
हिमपातका कारण बाजुरा जिल्लाकै उच्च क्षेत्रमा रहेका बिच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडीलगायत दर्जन बढी गाविसको उच्च क्षेत्रमा हिमपात भएको छ । सबैभन्दा बढी समस्या उच्च भागमा भेँडापालन गर्ने भोटे जातिलाई भएको भोटे जनजाति समितिका अध्यक्ष नृप थापा भोटेले बताए ।
बाजुराको पाण्डुसैन र मार्तडीका बीचमा पर्ने पोरखे लेखमा हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एयरपोट बजारमा दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चर र मान्छेकोे आवतजावतसमेतमा केही समस्या भएको स्थानीयवासी दलसिंह रोकायाले बताए ।
यता लामो समयदेखि पानी नपरेर कृिष बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषक खुसी भएका छन् । गहुँ र जौ बाली लगाउने समयमा पानीसँगै परेका हिउँले समयमा उम्रिने भएकाले अन्न बाली राम्रो हुने उनीहरूको आशा छ ।
लगातारको वर्षात् र हिमपातका कारण चिसो बढेपछिसदरमुकाम मार्तडीका कार्यालयमा कर्मचारी आगो बाली बसेका देखिन्छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?