बाजुरा, १२ कात्तिक । सुदूर तथा मध्यपश्चिमका हिमाली जिल्लामा अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात हुन सुरु भएको छ ।
दसँैलगत्तै अधिकांश हिमाली क्षेत्रमा बुधबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । “मङ्सिर १५ पछि हिउँ देखिन्थ्यो यस वर्ष चाँडै हिउँ परेको छ, खप्तडमा समेत हिउँ आएको छ, अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात सुरु भयो” कालुखेती गाविस–६ का विजय सिंहले बताए ।
सुदूरका बाजुरा, बझाङ, अछाम, डडेलधुरा र मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला कालीकोटलगायत जिल्लाको उच्च हिमाली भागमा गए रातिदेखि नै हिमपात हुन लागेको हो । रातभर आएको वर्षासँगै आएको हिउँका कारण यस क्षेत्रमा चिसो बढेको छ ।
बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने जनता चिसोका कारण समस्यामा परेका छन् । दसँै खाएर अछामको साँफेबगर हुँदै आफ्नो काममा फर्किने हुम्ला, मुगु र बाजुराका जनतालाई समस्या परेको छ ।
हिमपातका कारण बाजुरा जिल्लाकै उच्च क्षेत्रमा रहेका बिच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडीलगायत दर्जन बढी गाविसको उच्च क्षेत्रमा हिमपात भएको छ । सबैभन्दा बढी समस्या उच्च भागमा भेँडापालन गर्ने भोटे जातिलाई भएको भोटे जनजाति समितिका अध्यक्ष नृप थापा भोटेले बताए ।
बाजुराको पाण्डुसैन र मार्तडीका बीचमा पर्ने पोरखे लेखमा हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एयरपोट बजारमा दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चर र मान्छेकोे आवतजावतसमेतमा केही समस्या भएको स्थानीयवासी दलसिंह रोकायाले बताए ।
यता लामो समयदेखि पानी नपरेर कृिष बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषक खुसी भएका छन् । गहुँ र जौ बाली लगाउने समयमा पानीसँगै परेका हिउँले समयमा उम्रिने भएकाले अन्न बाली राम्रो हुने उनीहरूको आशा छ ।
लगातारको वर्षात् र हिमपातका कारण चिसो बढेपछिसदरमुकाम मार्तडीका कार्यालयमा कर्मचारी आगो बाली बसेका देखिन्छन् ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]