ललितपुर। निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताउनुभएको छ ।
ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो ।
हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उहाँले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गर्नु भयो ।
निवर्तमान राष्ट्रपति डा यादवलाई निवास प्रवेश गर्दा नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, काँग्रेस काठमाडौँ सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गर्नुभएको थियो ।
त्यसैगरी निवासमा उपस्थित स्थानीयवासी सुभेच्छुकहरुले पनि निवर्तमान राष्ट्रपति डा यादवको स्वागत गर्नुभएको थियो ।
सरकारले ललितपुर उपमहानगरपालिका वडा नं ४ स्थित विष्णुदेवी हाइट (बागडोल)मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति डा यादवको निवासको व्यवस्था गरेको हो । उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साँढे दुई तले रहेको छ ।
यसैबीच नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी आज राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्नुभएको छ ।
आज प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गर्नुभएको हो ।
उहाँ यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आउनुभएको थियो । पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताउनुभयो । रासस
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी