
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले तराईका १० जिल्लामा पूर्व राजपरिवारको नामको सम्पत्ति खोज्न कर्मचारीको समूह पठाउने भएको छ ।
पूर्वराजा वीरेन्द्र, पूर्व रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति खोज्न कर्मचारीको समूह खटाउने तयारी सुरु गरिएको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चालु आवमा जग्गा खोजबिनका लागि समूह पठाउन लागिएको छ । दश जिल्लाका मालपोत कार्यालय र नापी कार्यालयमा गई सूक्ष्मरुपमा अध्ययन गर्न समूह पठाउन लागिएको हो ।” कार्यालयले दुई वर्षअघिदेखि सघन सम्पत्ति खोजबिन अभियान सुरु गरेको थियो ।
अहिलेसम्म २२ हजार रोपनी जग्गा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको कार्यालयको नाममा ल्याइएको प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिनुभयो । “नागार्जुन जङ्गलको २७ हजार रोपनी जग्गा कार्यालयको नाममा ल्याउन सञ्चालक समितिको बैठकबाट निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ, नागार्जुन जङ्गलकै धादिङतर्फको १५ हजार रोपनी जग्गा यसअघि नै ट्रष्टको नाममा आइसकेको छ” – उहाँले भन्नुभयो ।
पूर्व राजपरिवारको नामबाट ट्रष्टको नाममा आएका घर जग्गाको भाडाबाट उठेको करिब रु ३६ करोड ट्रष्टको कोषमा जम्मा भएको छ । यसरी जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था रहेको छ । सङ्कलित रकम हालसम्म खर्च नभएकाले कार्यविधिको मस्यौदा भइरहेको कार्यालयले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गरिनेछ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी