शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: १९:०१ | UK Time: 14:16

नेपालको पहिलो महिला राष्ट्रपति बिद्या भण्डारी

वीनेपाली
२०७२ कार्तिक ११ गते ११:२०

भण्डारी

काठमाण्डौं। नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी छिन् ।

सभामुख ओनसरी घर्तीमगरले राष्ट्रपति निर्वाचनको परिणाम संसदमा भर्खरै सार्वजनिक गर्दै नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारीको पक्षमा ३ सय २७ मत खसेको जानकारी दिइन् । यो नतिजनासँगै विद्या नेपालको राष्ट्रपतिमा विजयी भएकी छिन् ।

नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङको पक्षमा २ सय १४ मत खसेको थियो।

मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो भने ४८ सांसद् अनुपस्थित थिए ।

यस विजयसँगै भण्डारी नेपालको पहिलो महिला राष्ट्र प्रमुख बनेकी छिन् ।

गणतन्त्र प्राप्तिपछि महिलाहरूले नेपालमा जिम्मेवार पदहरू पाउन थालेका छन् । यसअघि ओनसरी घर्तीमगर समाभुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक