काठमाडौँ, १० कात्तिक । नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, महान्यायाधीवक्ता हरिकृष्ण कार्की, नेपाल बार एसोसिएसनका वर्तमान पदाधिकारी, बारका पूर्व अध्यक्ष शम्भु थापा, हरिहर दाहाल, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरु आर्यघाट पुगेका थिए ।
वरिष्ठ अधिवक्ता शर्माको ७९ वर्षको उमेरमा निधन भएको थियो । उनी तीन वर्षदेखि डिमेन्सीया (बोल्न र सम्झन नसक्ने) समस्याका विरामी थिए । वरिष्ठ अधिवक्ता शर्माकी भान्जी सरिता उपाध्यायका अनुसार उनी बोल्न र सम्झन नसक्ने अवस्थामा थिए । उनलाई आफ्नै निवासमा उपचारको व्यवस्था मिलाइएको थियो । उनको आफ्नै निवास धोबीधारामा आज दिउँसो निधन भएको हो ।
संवैधानिक जटिलताका विषयका ज्ञाता वरिष्ठ अधिवक्ता तत्कालीन नेपाली काँग्रेसका नेता तथा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका कानुनी सल्लाहकार थिए । तर उनी राजनीतिक हिसाबले भेदभाव भने गर्दैनथे ।
स्वतन्त्र न्यायपालिकाका अनुयायी वरिष्ठ अधिवक्ता शर्माले विभिन्न किसिमका नजिरहरु स्थापना गर्न सर्वोच्च अदालतलाई सहयोग गरेका थिए । “पेसाप्रति अति इमान्दार र निष्ठावान व्यक्ति हो, वकालत पेसालाई आचारसंहिता अनुरुप र मर्यादित बनाउन उहाँको ठूलो योगदान छ”–पूर्व सभामुख तथा वरिष्ठ अभिवक्ता दमननाथ ढुङ्गानाको स्मरण छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शर्माले सुरुदेखि नै आफ्नो भनाई एउटै राखेका थिए । उनले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको वकालत गर्दै आएका थिए ।
वरिष्ठ अधिवक्ता शर्माको नेपालको संवैधानिक विकासमा अतुलनीय योगदान भएको र उनी अति विद्वान्, तर्कशक्ति धेरै नै भएका र पेसामा अत्यन्तै इमान्दार व्यक्ति भएको र आधुनिक बारको निर्माणमा समेत उनको ठूलो सहयोग भएको आफूले पाएको वरिष्ठ अधिवक्ता ढुङ्गानाले सुनाए ।
डा के आइ सिंहको मुद्दामा पनि वरिष्ठ अधिवक्ता शर्माले राज्य विरुद्ध लडेर आफ्नो कुशलता देखाएको र नेपालको लोकतन्त्र र स्वतन्त्र न्यायपालिका उच्च कोटीको बनाउने र वकालत पेसालाई प्राज्ञिक रङ दिन प्रतिबद्ध व्यक्ति भएको उनले बताए ।
“नेपालको संसदीय प्रजातन्त्र र संवैधानिक कानुनका ज्ञाता उहाँ पहिलो व्यक्ति नै हो, अडान कहिलेपनि परिवर्तन नगर्ने, यो वा त्यो आस्थाका कारण विभेद नगर्ने हुनुहुन्थ्यो”–नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई सम्झन्छन् ।
सरकारी जागीरमा कहिल्यै पनि रुचि नभएका शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि धेरै पटक आग्रह गर्दा पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । उनी सदा न्याय र सत्यको पक्षमा वकालत गर्दथे, जुन पायो त्यही मुद्दामा पैरवी गर्दैनथे ।
वरिष्ठ अधिवक्ता शर्मा विगत लामो समयदेखि अदालत गई वकालत गर्न छाडेका थिए । संविधान तथा कानुनको इतिहासमा उनी ध्रुवतारा जस्तै मानिन्थे । वरिष्ठ अधिवक्ता शर्मासँग सल्लाह लिनेहरुको उनको घरमा घुइँचो नै लाग्ने गर्दथ्यो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ