काठमाडौँ, १० कात्तिक । नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, महान्यायाधीवक्ता हरिकृष्ण कार्की, नेपाल बार एसोसिएसनका वर्तमान पदाधिकारी, बारका पूर्व अध्यक्ष शम्भु थापा, हरिहर दाहाल, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरु आर्यघाट पुगेका थिए ।
वरिष्ठ अधिवक्ता शर्माको ७९ वर्षको उमेरमा निधन भएको थियो । उनी तीन वर्षदेखि डिमेन्सीया (बोल्न र सम्झन नसक्ने) समस्याका विरामी थिए । वरिष्ठ अधिवक्ता शर्माकी भान्जी सरिता उपाध्यायका अनुसार उनी बोल्न र सम्झन नसक्ने अवस्थामा थिए । उनलाई आफ्नै निवासमा उपचारको व्यवस्था मिलाइएको थियो । उनको आफ्नै निवास धोबीधारामा आज दिउँसो निधन भएको हो ।
संवैधानिक जटिलताका विषयका ज्ञाता वरिष्ठ अधिवक्ता तत्कालीन नेपाली काँग्रेसका नेता तथा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका कानुनी सल्लाहकार थिए । तर उनी राजनीतिक हिसाबले भेदभाव भने गर्दैनथे ।
स्वतन्त्र न्यायपालिकाका अनुयायी वरिष्ठ अधिवक्ता शर्माले विभिन्न किसिमका नजिरहरु स्थापना गर्न सर्वोच्च अदालतलाई सहयोग गरेका थिए । “पेसाप्रति अति इमान्दार र निष्ठावान व्यक्ति हो, वकालत पेसालाई आचारसंहिता अनुरुप र मर्यादित बनाउन उहाँको ठूलो योगदान छ”–पूर्व सभामुख तथा वरिष्ठ अभिवक्ता दमननाथ ढुङ्गानाको स्मरण छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शर्माले सुरुदेखि नै आफ्नो भनाई एउटै राखेका थिए । उनले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको वकालत गर्दै आएका थिए ।
वरिष्ठ अधिवक्ता शर्माको नेपालको संवैधानिक विकासमा अतुलनीय योगदान भएको र उनी अति विद्वान्, तर्कशक्ति धेरै नै भएका र पेसामा अत्यन्तै इमान्दार व्यक्ति भएको र आधुनिक बारको निर्माणमा समेत उनको ठूलो सहयोग भएको आफूले पाएको वरिष्ठ अधिवक्ता ढुङ्गानाले सुनाए ।
डा के आइ सिंहको मुद्दामा पनि वरिष्ठ अधिवक्ता शर्माले राज्य विरुद्ध लडेर आफ्नो कुशलता देखाएको र नेपालको लोकतन्त्र र स्वतन्त्र न्यायपालिका उच्च कोटीको बनाउने र वकालत पेसालाई प्राज्ञिक रङ दिन प्रतिबद्ध व्यक्ति भएको उनले बताए ।
“नेपालको संसदीय प्रजातन्त्र र संवैधानिक कानुनका ज्ञाता उहाँ पहिलो व्यक्ति नै हो, अडान कहिलेपनि परिवर्तन नगर्ने, यो वा त्यो आस्थाका कारण विभेद नगर्ने हुनुहुन्थ्यो”–नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई सम्झन्छन् ।
सरकारी जागीरमा कहिल्यै पनि रुचि नभएका शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि धेरै पटक आग्रह गर्दा पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । उनी सदा न्याय र सत्यको पक्षमा वकालत गर्दथे, जुन पायो त्यही मुद्दामा पैरवी गर्दैनथे ।
वरिष्ठ अधिवक्ता शर्मा विगत लामो समयदेखि अदालत गई वकालत गर्न छाडेका थिए । संविधान तथा कानुनको इतिहासमा उनी ध्रुवतारा जस्तै मानिन्थे । वरिष्ठ अधिवक्ता शर्मासँग सल्लाह लिनेहरुको उनको घरमा घुइँचो नै लाग्ने गर्दथ्यो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी