काठमाडौँ, १० कात्तिक । सरकार र सङ्घीय मधेसी मोर्चाबीच आज सिंहदरबारमा भएको वार्तामा मोर्चाका तर्फबाट मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति बापतको रकम राज्यद्वारा तत्काल उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
आन्दोलनको क्रममा घाइते भएका व्यक्तिको राज्यबाट निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, राज्यद्वारा आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, प्रहरी हिरासतमा रहेका आन्दोलनकारीको तत्काल रिहाइ गर्नुपर्ने, निषेधाज्ञाजस्ता आदेश फिर्ता गरी परिचालन गरिएको नेपाली सेनालाई यथाशीघ्र ब्यारेकमा फिर्ता गर्नुपर्नेलगायत माग मोर्चाले गरेको छ ।
उक्त छलफलमा उपप्रधानमन्त्री कमल थापाले मधेसमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र सो विषयमा थप अध्ययन गर्न केही समय चाहिएकाले अर्को वार्तामा छलफल गरी प्रस्तुत हुने प्रतिबद्धता जनाभएको वार्तामा सहभागी लोक दलका अध्यक्ष कौशलकुमार सिंहले जानकारी दिए ।
मोर्चाका तर्फबाट वार्तामा लोक दल, बहुजन समाज पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, लोकतान्त्रिक पार्टी नेपाल सहभागी थिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी