पर्सा, १० कात्तिक । घर फर्किने वातावरण मिलाउन माग गर्दै भारतीय चालक वीरगन्जमा धर्नामा बसेका छन् ।
विगत अढाई महिनादेखि नेपालमै अलपत्र परेका भारतीय चालकले नाका खुलाई घर जाने वातावरण मिलाउन माग गर्दै वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासको द्वारमा त्रिपाल ओछ्याई धर्ना बसेका हुन् ।
वीरगन्ज नाकामा अलपत्र परेका भारतीय खाली गाडी सीमापारि प्रवेश गर्ने वातावरण मिलाइदिन वीरगन्जमा अवस्थित भारतीय महावाणिज्य दूतावासमा पटकपटक धाउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भएर धर्नामा बस्नुपरेको चालकले बताएका छन् ।
लामो समयदेखि वीरगन्जमै बसेको कारण आफूहरूसँग रहेको रकम सकिएकाले अब खाना खानसमेत अप्ठ्यारो भएपछि भारततर्फ जान वातावरण मिलाउन भारत सरकारलाई गुहार माग्न धर्ना बसेकोे भारतीय वाहन चालक जगतार सिंहले जानकारी दिए ।
उनले वीरगन्जमा फसेका अधिकांश चालक सवारीधनी रहेकाले आफूहरू लामो समयदेखि वीरगन्जमै घेरिएको कारण परिवारले पनि अभावमा बाँच्नुपरेको र बैंकबाट लिएको ऋणको दुई किस्तासमेत तिर्न नसकेका कारण बन्द हडतालको कारण आफूहरूले खेपेको नोक्सानीसमेत मिलाउन माग गर्दै धर्ना बस्नुपरेको बताए ।
आन्दोलनकारीले दशगजा क्षेत्रमै चौबीसैँ घन्टा धर्ना दिएका कारण एउटा पनि गाडी सीमा वारपार हुन सकेको छैन । भारत फर्कन चाहेका करिब ५०० भारतीय खाली ट्रक वीरगन्ज भन्सारमा र सडक छेउमा थन्किएका छन् ।
वीरगन्जमा चालक र सहचालक गरी एक हजार भारतीय यातायात मजदुर एक महिना भोकभोकै अलपत्र परेको चालकले बताएका छन् ।
दूतावासको द्वारमै दुई दिनदेखि धर्नामा बस्दासमेत दूतावासका कर्मचारी वा अधिकारीले आफूहरूसँग भेट्न नआएको धर्नामा बसेका चालकहरूले बताएका छन् ।
सो विषयमा वाणिज्य दूतावास कार्यालयका निमित्त प्रमुख जसवीर सिंहसँग बुझ्दा उनले भारतीय चालकको समस्याबारे उनीसँग दुई दिनदेखि छलफल भएको बताए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’