
काठमाडौँ, १० कात्तिक । नेकपा(एमाले) संसदीय दलको आजको बैठकले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विजयी तुल्याउन सबैले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको उक्त बैठकले सरकारमा सामेल भएका र समर्थन गरेका सबै पार्टीका सांसदलाई अनिवार्य उपस्थित गराई राष्ट्रपतिका उम्मेदवार भण्डारीका पक्षमा मतदान गर्न गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रमुख तीन दलबीच सहमतिको अझै पनि खाँचो रहेकाले नेपाली काँग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, “भर्खरै सम्पन्न सभामुखको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारले प्राप्त गरेको मतभन्दा हाम्रो राष्ट्रपतिको उम्मेदवारले बढी मत प्राप्त गर्नुहुने निक्र्योल बैठकले निकालेको छ ।” पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सांसद रहेका पार्टी पदाधिकारीसमेतको सहभागिता थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी