काठमाडौँ, ९ कात्तिक । सत्तारूढ दलका शीर्ष नेता सम्मिलित ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आज साँझको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकमा आफूहरूले प्रस्ताव गरेका वा अन्य उपयुक्त उम्मेदवारका नाममा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आफूहरूले उम्मेदवार बनाएका वा अन्य दलका उम्मेदवारमा सहमति हुने सम्भावना भएमा प्रयास गर्ने निर्णय भएको बताए । सत्तारुढ गठबन्धनका विभिन्न दलका ११ शीर्ष नेता सो समितिमा छन् । समितिमा भारतको अघोषित नाकाबन्दी, पेट्रोलियम पदार्थको सङ्कटलगायत विषयमा पनि छलफल भएको थियो ।
यही कात्तिक ११ गते व्यवस्थापिका–संसद्मा हुने राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा हालसम्म एमाओवादीका नन्दकिशोर पुन उम्मेदवार हुने निर्णय सम्बन्धित दलले गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो पदमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मदेवारको नाम तय गरिसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनकै सन्दर्भमा समितिको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अलग्गै भेटवार्ता पनि भएको थियो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा