
नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित सर्वदलीय बैठकका सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडाँै, ८ कात्तिक । राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सो बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेसका तर्फबाट आआफ्ना उम्मेदवारी दिने धारणा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा नेताहरुबीच मत्यैक्य भएन ।
संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ । यसैबीच, अपराह्न ४ः३० बजेका लागि निर्धारण गरिएको व्यवस्थापिका – संसद्को बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । ाष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।
संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा