बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: २०:५८ | UK Time: 16:13

राष्ट्रिय सहमतिमा एमालेको जोड

वीनेपाली
२०७२ कार्तिक ८ गते १३:०६

0

काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले) संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ ।

पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा आज भएको संसदीय दलको आजको बैठकमा नेता ओलीले अहिलेको सङ्कटका बेला सम्पूर्ण राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य भएकामा जोड दिए ।

“नेकपा (एमाले)राष्ट्रिय सहमतिको बाटोमा हिँड्न चाहन्छ, राष्ट्रको माग पनि त्यही हो,” दलका नेताको भनाइ उद्धृत गर्दै एमाले नेता माधवकुमार नेपालले बैठकपछि सञ्चारकर्मीलाई बताए

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिँदै नेता नेपालले त्यसबारेमा स्थायी कमिटी बैठकले निर्णय गरिनसकेको बताए । बैठकमा राजधानीमा उपलब्ध एमालेका अधिकांश सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक