तुलसीपुर (दाङ), ४ कात्तिक । मङ्गलबार बाँकेको खासखुस्मा गाविस–८ को चप्पर गौरीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म आठ पुगेको छ ।
इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक ज्योति शर्माले दिनुभएको जानकारीअनुसार हालसम्म आठ जनाको शवको कङ्काल भेटिएको छ । शवको पहिचान भने डिएनए परीक्षणबाट मात्र गर्ने सकिने उनले जानकारी दिए ।
सो दुर्घटनामा परी १२ जना घाइते भएको र तीमध्ये तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमही र अन्यलाई नेपालगन्ज पठाइएको छ ।
बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भई पल्टिएको दुई मिनेटमा आगलागी भएको थियो ।
आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले बसमा अमेलिया चेक प्वाइन्टबाट ३३ जना यात्रु सवार रहेको जानकारी गराए पनि बसभित्र कति यात्रु थिए भन्ने अझै एकीन जानकारी नभएको जनाएको छ ।
बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक ज्योति शर्माले बस पल्टिएलगत्तै आगलागी भएका कारण यात्रुको उद्धार गर्न नसकेको बताए ।
बसमा यात्रुले पेट्रोल तथा सिलिन्डर ग्यास राखेका कारण बस तातिएर आगलागी भएको अनुमान प्रहरीको छ । घाइते केहीले भने प्रहरीसमक्ष चालकको लापर्बाहीका कारण दुर्घटना भएको बताएका छन् । चालक अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन समय लाग्ने र घटनाबारे पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए