
काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन् ।
काठमाडौँमा भएको निर्वाचनमा घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भए । कार्कीले २६६ मत ल्याए । यसअघि अध्यक्षका अर्का प्रत्यासी रतनकुमार झाले घलेलाई सघाउने वचनसहित उम्मेदवारी झिकेका थिए ।
त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन् ।
महासचिवमा बद्री केसी ५५५ मतका साथ विजयी भए । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहादुर थापाले २६४ मत ल्याएर विजयी भएको एनआरएनका प्रवक्ता मन केसीले राससलाई जानकारी दिए ।
युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान निर्वाचित भएका छन् ।
अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिङ शेर्पा, एसिया प्यासिफिक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।
यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी, ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।
शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।
एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् छ ।
एनआरएनए पूर्व अध्यक्ष जिवा लामिछानेको भनाइमा एनआरएनए निर्वाचन २०१५ का बिशेषताहरु :
१. पहिलोपटक ईलेक्ट्रोनिक भोटिङको व्यवस्था ।
२. सबै भन्दा बढी प्रतिनिधिहरुले भाग लिएको महाधिबेशन ! यस महाधिबेशनमा ११२७ प्रतिनिधिहरुले भाग लिए ।
३. सर्बाधिक बढी मतदान भएको । खसेको मत संख्या १११० ।
४. सबैभन्दा बढी देशका प्रतिनिधिहरुले भाग लिएको महाधिबेशन । यस पटक ५२ देशका प्रतिनिधिहरुले भाग लिए ।
५. सबैभन्दा बढी उम्मेद्वारी दर्ता ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता