
काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन् ।
काठमाडौँमा भएको निर्वाचनमा घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भए । कार्कीले २६६ मत ल्याए । यसअघि अध्यक्षका अर्का प्रत्यासी रतनकुमार झाले घलेलाई सघाउने वचनसहित उम्मेदवारी झिकेका थिए ।
त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन् ।
महासचिवमा बद्री केसी ५५५ मतका साथ विजयी भए । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहादुर थापाले २६४ मत ल्याएर विजयी भएको एनआरएनका प्रवक्ता मन केसीले राससलाई जानकारी दिए ।
युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान निर्वाचित भएका छन् ।
अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिङ शेर्पा, एसिया प्यासिफिक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।
यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी, ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।
शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।
एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् छ ।
एनआरएनए पूर्व अध्यक्ष जिवा लामिछानेको भनाइमा एनआरएनए निर्वाचन २०१५ का बिशेषताहरु :
१. पहिलोपटक ईलेक्ट्रोनिक भोटिङको व्यवस्था ।
२. सबै भन्दा बढी प्रतिनिधिहरुले भाग लिएको महाधिबेशन ! यस महाधिबेशनमा ११२७ प्रतिनिधिहरुले भाग लिए ।
३. सर्बाधिक बढी मतदान भएको । खसेको मत संख्या १११० ।
४. सबैभन्दा बढी देशका प्रतिनिधिहरुले भाग लिएको महाधिबेशन । यस पटक ५२ देशका प्रतिनिधिहरुले भाग लिए ।
५. सबैभन्दा बढी उम्मेद्वारी दर्ता ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश