यो संविधानको महत्वपू्र्ण उपलिव्ध हो गणतन्त्र। तामाङ जातिको लागि योभन्दा ठुलो उपलव्धि अरु के नै हुन सक्दछ र ! शाहराजाहरुले सबै तामाङ राज्य मात्र समाप्त गरेनन्, हदै सम्मको अपमानित ब्यबहार पनि गरे । सवै चलअचल सम्पति लुटेर जङ्गल पस्न बाध्य पारे। धेरै अपमानित भए पछि तामाङ सैनिकहरुले रणबहादुर शाह (वि.स. १८३४-१८५५)को पालामा र गीर्वाण विक्रम शाह (वि.स. १८५५-१८७३) को पालामा विद्रोह गरे। यी दुइ विद्रोहमा सयौंका सङ्ख्यामा तामाङहरु मारिए भन्ने तामाङ लोक-इतिहास छ । यसपछि उनीहरुलाई निशस्त्र बनाए। कुनै हतियार छुन दिएनन्। सेनामा दाउरा, रसदपानी, पाल आदि काम मात्र गर्ने ‘पिपा’ बनायो।
प्रति परिवार दिनको एक धार्नी कोइला निशुल्क दिनु पर्ने, जुनसुकै बेला निशुल्क श्रमसेवा दिनु पर्ने भयो उनीहरुलाई मुल सहरभित्र पस्न समेत दिएनन्। यसपछि वि.स. १९१० मा मुलुकी ऐन बनाएर तामाङहरुलाई मार्न हुने, दास बनाउन मिल्ने ‘मासिने मतवाली’को श्रेणीमा राखे। राम्री राम्री छोरीचेली दर्बारमा बुझाउनु पर्ने भयो। उनीहरुलाई धाइआमा (सेरोगेसी जस्तै) बनाउथे। उमेर नाधेपछि टुकुचामा खसालिदिन्थे। यस्तो कहाली लाग्दो बनाए पछि उनीहरु आफ्नो भूमि छोडेर पूर्वतिर लागे। तामाङहरुले दारुण कष्ट सहनु पर्यो। देशभित्र मात्र होइन विदेशमा समेत जागिर खान तामाङहरुले आफ्नो जात ढाटेर गुरुङ, मगर, राई बनेर जागिर खानु परेको थियो। यसैले २००७ सालमा तामाङहरुले जनमुक्ति सेना बनाउन पहल गरेर लागे र लडे र ज्यान आहुति दिए। तरपनि त्यसको बलिदानको खासै महत्व दिइएन। सँगै मारिएकाहरु सहिद बनाइए तर तामाङहरुलाई सहिद घोषणा गरिएन। आफ्नै पहलमा उचाई लिएका तामाङहरुलाई पनि शाह राजाहरुले धाप मारेर दर्वारियाको बदनाम गराउने काम गरे।
यसरी तामाङ जातिका महान शत्रु भनेको शाह राजाहरु नै हुन्। शाह वंशको अन्त्य भनेको तामाङ जातिको अाँट बढनु हो, उन्नतिकाो बाटोतिर उन्मूख हुनु हो। नेपालमा गणतन्त्र स्थापना हुनु भनेको तामाङ जातिको लागि ठुलो उपलब्धि हो। यस अर्थमा यो सविधानको महत्व रहनेछ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप