
काठमाडौँ, १ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताउनुभएको छ ।
संविधानमा आज सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले सोचेजस्तो रुपमा संविधान नबने पनि जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाएको घटना ऐतिहासिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “यो सबै नेपालीको जित हो । नेपाल राष्ट्रको विजय हो । यसमा अब असन्तुष्ट पक्षका आवाज समेटेर परिमार्जन र समृद्ध गराउँदै जान सकिन्छ ।”
उहाँले मधेस केन्द्रित दलका जायज मागलाई सम्बोधन गर्न सकिने पनि स्पष्ट गर्नुभयो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै