काठमाडौँ, १४ भदौ । सरकारले साताँै गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
बैठकले लेखा महासेनानी भुवनबहादुर अधिकारी क्षेत्रीलाई लेखा सहायक रथीमा पदोन्नति गरी पदस्थापन गर्नाका साथै सहरी विकास मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको समयावधि एक महिना थप गर्ने निर्णय पनि गरेको छ ।
अनशन फिर्ता लिन आग्रह
सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि सरकारले निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई ध्यानमा राखी महत्वपूर्ण निर्णय गरिसकेकाले प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा रिजालले भन्नुभयो–“चिकित्सा क्षेत्रको सुधारका लागि डा केसी अनशन बस्नुभएको छ, उहाँको अनशन चाँडै अन्त्य होस्, अहिले नै बन्द गर्नुहोस् भन्ने लागेको छ, नेपाल सरकार मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययन र निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानको सुधारका विषयमा मन्त्रिपरिषद्ले पहिले नै केही निर्णय गरिसकेको छ ।”
मन्त्री डा रिजालले उल्लिखित समस्याको समग्र व्यवस्थापन गर्ने विषय प्रधानमन्त्रीले चाँडो टुङ्ग्याउनु भन्नुभएबमोजिम सो विषय मन्त्रिपरिषद्, सामाजिक समितिमा पुगी केही निर्णय भइसकेको र केही हुन बाँकी रहेको बताउँदै मन्त्रिपरिषद्को सामाजिक समितिको बैठक बसेर नियमकानुनले दिएसम्म निर्णय गरिने उल्लेख गर्नुभयो ।
सरकारले कानुन सेवाको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गर्नुभएका राजुमानसिंह मल्ललाई धन्यवाद व्यक्त गर्दै उहाँको राजीनामा स्वीकृत गरेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी