काठमाडौँ । नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताउनुभएको छ ।
रासससँग कुरा गर्दै रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आफ्नो ध्येय रहेको बताउनुभयो ।
सूचना प्रविधि उद्यमी रौनियार सन् २०१२को अमेरिकी सिनेट सदस्यमा वासिङ्टनबाट उम्मेदवार रहनुभएको थियो । उहाँ सन् २००८ मा भएको राष्ट्रपतिको निर्वाचनमा बाराक ओबामाको चुनावी अभियानमा पनि संलग्न हुनुहुन्थ्यो । सन् १९८८मा इलेन्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न यहाँबाट अमेरिका जानुभएका रौनियार दश वर्षपछि त्यहाँ सूचना प्रविधि उद्यमी बन्न सक्नुभएको थियो । हार्डवेयर र सफ्टवेयर कम्पनीहरुमा उहाँले इन्जिनियरिङ, बजार, बिक्री र व्यवस्थापन क्षेत्रमा विभिन्न तहको अनुभव हासिल गरिसक्नुभएको छ ।
गत वैशाख १२को ‘गोरखा भूकम्प’पछि नेपाल आई २५ जिल्लाका गाउँ र नगरमा उहाँले आफ्नै खर्चमा राहत पनि वितरण गर्नुभयो । “मैले जनतामा निकै निराशा, पीडा र आक्रोश पाएँ, उनीहरुले नयाँ नेतृत्व चाहेका छन्” उहाँले भन्नुभयो, “हामी सुनको पसलमा बसेर भीख मागिरहेका छौँ, यो रोकिनुपर्छ, अब राजनीतिक स्थायित्व ल्याएर विकास फैलाउनु जरुरी छ ।”
नेपाली जनता निकै स्वच्छ, सुशील र निर्दोष रहेको तर यहाँ निकै शोषण भइरहेको आफूले पाएको बताउँदै उहाँले सरकारले जनतालाई न्यूनतम रुपमा गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले पूर्वाधार निर्माण र वातावरण तयार गरिदिनुपर्ने र यहाँका राजनीतिक दल, नेता, उद्यमी, र युवामा देखिएको अन्योल नै पहिले चिर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अमेरिकाले आफ्नो संविधानमा मानिसको जीवन, स्वतन्त्रता र खुसीलाई नै मुख्य रुपमा जोड दिई संविधान, राज्य प्रणाली, राज्यका तीन अङ्गको शक्ति सन्तुलन र शक्ति विकेन्द्रीकरणका माध्यमबाट पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र अनुगमनबाट शक्तिशाली बनेको बनाउँदै नेपालमा पनि राष्ट्रपति वा प्रधानमन्त्री, संसद् र स्थानीय तहमा सबैमा दलगत नभई स्वतन्त्र प्रत्यक्ष निर्वाचन भएमा निर्वाचित प्रतिनिधि जनताप्रति बढी उत्तरदायित्व हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा उमेरमै राजनीतिक नेतृत्व पाएमा मुलुकले निकै छिटो फड्को मार्ने विश्वास व्यक्त गर्दै गर्नुभयो ।
आफूले वासिङ्गटनबाट अमेरिकी सिनेटमा उम्मेदवारी दिएपछि सगरमाथाको देश नेपाल र नेपालीलाई अमेरिकी जनताले बढी चिन्न थालेको जिकिर गर्दै उहाँले आफ्नो पहलमा सन् २०१३ मा नेपालको राजनीतिक स्थिरता र लोकतान्त्रिकीकरणका पक्षमा ‘नेपाल प्रस्ताव’बारे छलफल भएको र पछि सन् २०१५मा १० सांसदसँग भेटघाट र ह्वाइट हाउसका उच्च सल्लाहकारसँग नेपालका बारेमा अन्तर्कि्रया हुन पाएको जानकारी पनि दिनुभयो ।
“नेपाल सरकारले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मागलाई मान्यता दिनुपर्छ, गैरआवासीय नेपालीलाई पनि बिनासङ्कुचन राजनीतिक अवसर दिनुपर्छ, एक्काइसौँ शताब्दीमा सरकारले खुला मन राख्नुपर्छ” हालै यहाँ गठित मुभमेन्ट फर चेन्ज(एमफरसी)का संयोजक रौनियारले भन्नुभयो,“ विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारसहित नागरिकता र मताधिकार दिनुपर्छ, ।”
एमफरसीले जन्मेदेखि नै सरकारबाट नागरिकता, नवजात बालिबालिकादेखि ५ वर्ष उमेरका बालबालिका र तिनका आमालाई निःशुल्क स्वास्थ्य, ५–२० वर्षका बालबालिका र किशोरलाई निःशुल्क शिक्षा, २०–४० वर्षका युवालाई रोजगारीको वातावरण सिर्जना र बुढेसकालमा सामाजिक सुरक्षाभत्ता दिलाइदिनका लागि दबाब दिने बताउँदै त्यति उपलब्ध भएमा जनताले आफैँ मिहिनेत गरी उन्नति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“अब म अमेरिकाको विलासी जीवन छाडेर मातृभूमिको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्छु, , नेपाललाई संसारकै प्राङ्गारिक खेतीको मुलुक बनाउन चाहन्छु, यहाँको जलस्रोत, पर्यापर्यटन र कृषि पर्यटनमा सम्भावना खोज्नुपर्छ, म स्पष्ट दृष्टिकोणसहित बलियो नेतृत्व खोजिरहेको सार्वभौम नेपालको मागलाई परिपूर्ति गर्न चाहन्छु ।”उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च