नैरोवी (केन्या ), ९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी महिला तथा युवा उनीहररूको उद्योग व्यवसाय चलाउदा आउने कठिनाईमाथि अमेरीकी सरकारले सहयोग गर्ने प्रतिबद्धता जारी गरेका छन् ।
नैरोबीमा शनिबार सुरु भएको उद्यमीहरुको सम्मेलन ‘ग्लोबल इन्टप्रेनुअर समिट’ (जीइएस) लाई सम्बोधन गर्दै अमेरिकी राष्टपतिले अमेरिकी सरकार र प्रमुख अमेरिकी संस्थाहरुले व्यवसाय गर्न चाहने महिला तथा युवा जगतलाई तालिम तथा परामर्श केन्द्र स्थापना गर्ने जहाँ अफ्रिकी महिलालाई व्यवसायिक ज्ञान सिकाउने पनि बताए ।
उनले अफ्रिकामा जम्मा १,६०० महिला उद्यमी रहेको जनाउँदै यो संख्यामा वृद्धि गराउन अमेरिका इच्छुक रहेको समेत जनाए ।
उक्त अवसरमा राष्ट्रपति ओबामाले कैन्या र जाम्विायामा दुई उद्यमशील तालिम केन्द्र स्थापना गसिकेको भन्दै छिट्टै अर्को एक केन्द्र मालिमा स्थापना गर्ने जनाए ।
राष्ट्रपति ओवामाले एक विलियन अमेरिकी डलर उद्यमी निकास कार्यक्रमका लागि खर्चिन लागेको सुनाउंदै उक्त कार्यक्रमले महिला तथा युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने योजना रहेको समेत बताए ।
त्यसैगरी सम्बन्धित राष्ट्रका सरकारले पनि आआफ्नो राज्यमा उद्योगलाई प्रोत्साहन गर्न प्रचलित कानुन तथा नीति नियममा परिवर्तन गर्न सल्लाह दिए ।
करिब १२० राष्ट्रका प्रतिनिधि सहभागी रहेको उक्त सम्मेलनको आयोजना गर्ने केन्या पहिलो अफ्रिकी राष्ट्र हो ।
यसैबीच, नैरोवीका कुटनैतिक विज्ञ यादीक मालुकीले अमेरिकी राष्ट्रपतिको केन्याको भ्रमणसांकेतिक रुपमा उच्च महत्वको भएपनि केन्याजस्तो सामान्य राष्ट्रमा तत्कालका लागि यो भ्रमणबाट अपेक्षा गरिए बमोजिम केही फाइदा भने भइनहाल्ने जनाए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई