काठमाडौँ, ४ साउन । नेपालको संविधान, २०७२ को मस्यौदाको सुझाव सङ्कलनको सम्पूर्ण तयारी भएको छ । संविधानसभा सचिवालयका अनुसार मुलुकभरका २४० वटै निर्वाचन क्षेत्रमा सभासद् तथा कर्मचारीले आवश्यक तयारी पूरा गरिसकेका छन् ।
जनमत सङ्कलनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिसकेको सचिवालयलाई जानकारी गराएका छन् ।
सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार सम्पूर्ण निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको आवश्यक तयारी पूरा भइसकेको छ । जनताले स्वतः स्फूर्तरुपमा सुझाव दिनसमेत सुरु गरिसकेका छन् ।
स्थानीयले सभासद् तथा संविधानसभा सचिवालयका कर्मचारीलाई प्रत्यक्षरुपमा पनि सुझाव दिएका छन् भने कतिपय स्थानमा आफ्नो मत दिनका लागि मस्यौदासमेत नपाएको गुनासो गरेका छन् । सचिवालयले मस्यौदा नपुगेको स्थानमा गोरखापत्र, मस्यौदाको विशेषता र कुनै न कुनै माध्यमबाट मस्यौदामा चासो राखेर आफ्ना सुझाव दिन आग्रह गरेको छ ।
मुलुकका विभिन्न स्थानबाट मस्यौदा नपाएको, बाढी पहिरोका कारण मस्यौदा नपाएको गुनासो बढेपछि सचिवालयले सो आग्रह गरेको हो । हिमाली तथा पहाडी क्षेत्रका लागि गृह मन्त्रालयले हेलिकोप्टरबाट सभासद् तथा कर्मचारीलाई यसअघि नै सम्बन्धित क्षेत्रमा पु¥याइसकेको छ भने सडकबाट पनि सम्बन्धित क्षेत्रमा सभासद् पुगेर आवश्यक तयारी गरिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल) र केही मधेसवादी दलले भने जनमत सङ्कलन प्रक्रियालाई बहिष्कार गरेका छन् ।
शान्तिपूर्ण तथा मर्यादित तवरले संविधानमा आफ्नो सुझाव दिन र आफ्नो धारणा बिना हिच्किचाहट राख्न सचिवालयले आम नागरिकमा आग्रह गरेको छ ।
आठ हजार बढी सुझाव प्राप्त
संविधानसभा सचिवालयका अनुसार हालसम्म आठ हजार बढी सुझाव प्राप्त भएको छ । इमेलमार्फत दुई हजार ५०० सुझाव प्राप्त भएको छ भने सुझाव सङ्कलनका लागि सचिवालयले स्थापना गरेको टोल फ्रि नम्बरमा एक हजार ६०० सुझाव प्राप्त भएको छ ।
यस्तै फ्याक्सबाट २५० र सचिवालयमै आएर ५० वटा सुझाव दिएका छन् । यस्तै बेवसाइटमार्फत तीन हजार ८०० सुझाव प्राप्त भएको छ । सोमबार सचिवालयमा सुझाव बुझाउनका लागि एक दर्जन हाराहारीका विभिन्न सङ्घ संस्थाले समय मागेको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिए ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण