
लग्जम्बर्ग, ७ असार । युरोपेली युनियनका मन्त्रीहरूले भूमध्यसागरीय क्षेत्रमा मानिसको गैरकानुनी ओसारपसार गर्ने व्यक्तिहरूमाथि पहिलो चरणको सैनिक कारवाही आरम्भ गर्न सोमबार औपचारिक रूपमा स्वीकृति दिएका छन् ।
यस विषयमा सूचना सङ्कलन गर्ने अभियानमा पहिलो जहाज र हवाईजहाज एक सातामित्रै उपलब्ध हुने जानकारी अधिकारीहरूले दिएका छन् । युरोपेली विदेश मामिलाका प्रमुख फेडेरिका मोघरिनीले २८ मुलुकयुक्त यस समूहले दक्षिण तटीय क्षेत्रमा सङ्कट समाधान गर्न तत्कालै प्रतिक्रिया व्यक्त गरेको बताए ।
भूमध्यसागरीय क्षेत्रमा हजारौँ आप्रवासीको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा सदस्य मुलुकबीच गम्भीर मतभिन्नता छ । इटाली, ग्रिस तथा माल्टाले यसको सबैभन्दा ठूलो बोझ बोकेका छन् । अप्रिल महिनामा त्यहाँ एक डुङ्गा डुब्दा ८०० व्यक्तिको मृत्यु भएको थियो । यसै महिना भएको एक आपत्कालीन शिखर बैठकमा युरोपेली युनियनका नेताहरूले यो समस्यालाई स्रोतमै समाधान गर्न एक एकीकृत योजना बनाउने बताएका थिए । उनीहरूले लिबियाबाट आउने आप्रवासीलाई रोक्न सैनिक विकल्पका बारेमा पनि बोलेका थिए । पहिलो चरणको सूचना सङ्कलन भन्नाले जहाजमा सक्रिय हस्तक्षेप गर्ने, अपराधीको जहाजलाई काम गर्न नसक्ने बनाउने तथा उनीहरूलाई पक्राउ गर्ने कुरा परेका छन् । तेस्रो चरणमा लिबियाको जल क्षेत्रमा कारवाही गर्ने र आवश्यक परे मुलुकभित्र नै प्रवेश गर्नेसम्मका कुरा परेका छन् ।
अप्रिल महिनामा भएको शिखर बैठकमा दुई चरणका काम गर्ने विषयमा सहमति भएको छ । यसका लागि पनि संयुक्त राष्ट्र सङ्घको निर्णय र लिबियाको सहमति आवश्यक पर्ने एएफपीलाई उधृत गर्दै राससले जनाएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे