मोन्टेरी (मेक्सिको), ५ असार । मेक्सिकोको उत्तरी भागमा शुक्रबार बन्दुकधारीहरूले एक बियर व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको देखिएको अधिकारीहरूले बताएका छन् ।
मोन्टेरी औद्योगिक केन्द्रबाहिर अवस्थित गार्सिया नगरपालिकाको एक बियर वितरण केन्द्रमा केही व्यक्तिहरू दुई गाडीमा आई आक्रमण गर्न थालेको सरकारी वकिलहरूले बताएका छन् ।
सरकारी महान्यायाधीवक्ता ह्याभियर फ्लोरेसले यो गोली प्रहार दुई आपराधिक समूहबीच भएको र अनुसन्धान यसैमा आधारित भएको बताउनुभयो । उहाँले घटनास्थलमा सात किलो गाँजा फेला परेको उल्लेख गर्नुभयो ।
सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र उनीहरू कोही नाङ्गो वा अर्ध नाङ्गो अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । अन्य तीन व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।
उहाँले मृतकहरूलाई नै छानेर आक्रमण गरिएको र बियर वितरण केन्द्रका अन्य कर्मचारीहरूलाई छोडिएको बताउनुभयो ।
उहाँले मृतकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको विषयमा आफू निश्चित नभएको तर उनीहरूमाथि आक्रमण भएको अवस्था हेरी उनीहरू त्यस्तो क्रियाकलापमा संलग्न भएको देखिएको बताउनुभयो ।
सरकारी अनुसन्धानकर्ताहरूले आफ्नो परिचय नदिने सर्तमा जेटाज लागुपदार्थ व्यापारीहरूले आफ्नो व्यापारका लागि उक्त क्षेत्र उपयोग गरेको बताएका छन् ।
प्रहरीले गाँजाका साथमा एक बन्दुक तथा १० वटा गोली फेला पारेका छन् । अर्का अधिकारीले आक्रमणकारीले १० हजार पेसो लुटेर लगेको बताए ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग