मोन्टेरी (मेक्सिको), ५ असार । मेक्सिकोको उत्तरी भागमा शुक्रबार बन्दुकधारीहरूले एक बियर व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको देखिएको अधिकारीहरूले बताएका छन् ।
मोन्टेरी औद्योगिक केन्द्रबाहिर अवस्थित गार्सिया नगरपालिकाको एक बियर वितरण केन्द्रमा केही व्यक्तिहरू दुई गाडीमा आई आक्रमण गर्न थालेको सरकारी वकिलहरूले बताएका छन् ।
सरकारी महान्यायाधीवक्ता ह्याभियर फ्लोरेसले यो गोली प्रहार दुई आपराधिक समूहबीच भएको र अनुसन्धान यसैमा आधारित भएको बताउनुभयो । उहाँले घटनास्थलमा सात किलो गाँजा फेला परेको उल्लेख गर्नुभयो ।
सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र उनीहरू कोही नाङ्गो वा अर्ध नाङ्गो अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । अन्य तीन व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।
उहाँले मृतकहरूलाई नै छानेर आक्रमण गरिएको र बियर वितरण केन्द्रका अन्य कर्मचारीहरूलाई छोडिएको बताउनुभयो ।
उहाँले मृतकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको विषयमा आफू निश्चित नभएको तर उनीहरूमाथि आक्रमण भएको अवस्था हेरी उनीहरू त्यस्तो क्रियाकलापमा संलग्न भएको देखिएको बताउनुभयो ।
सरकारी अनुसन्धानकर्ताहरूले आफ्नो परिचय नदिने सर्तमा जेटाज लागुपदार्थ व्यापारीहरूले आफ्नो व्यापारका लागि उक्त क्षेत्र उपयोग गरेको बताएका छन् ।
प्रहरीले गाँजाका साथमा एक बन्दुक तथा १० वटा गोली फेला पारेका छन् । अर्का अधिकारीले आक्रमणकारीले १० हजार पेसो लुटेर लगेको बताए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई