विनाशकारी भूकम्पका कारण पीडित परिवारलाई कतारमा रहेका झापाली युवाहरुको साझा संस्था ‘प्रवासी झापाली सम्पर्क मञ्च’ले १ करोड २ लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री वितरण गरेको छ ।
कतारमा रहेका झापाली व्यावसायी महेन्द्र चौलागाईंको पहलमा विभिन्न दाता कम्पनीहरुको सहयोगमा उक्त रकम संकलन गरिएको हो । उक्त कोषमा प्रवासी झापाली सम्पर्क मञ्चका पदाधिकारीहरुले पनि सहयोग जम्मा गरेको बताइएको छ ।
मञ्चले गत मे ९ तारिखदेखि भूकम्प प्रभावित जिल्ला काभ्रे, पर्वत, गोरखा, सिन्धुपाल्चोक, दोलखा र मुस्ताङका विकट गाँउमा पुगी राहत सामाग्री वितरण गरेको हो । मञ्चले टिन (जस्तापाता), म्याट्रेस, ब्ल्याङ्केट, त्रिपाल, खाद्यान्न लगायतका सामाग्री वितरण गरेको मञ्चका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए ।
मञ्चले काभ्रे जिल्लामा कोसीदेखा र साठीघर गाविसका २ सय २६ परिवार, पर्वतको रानीपानी गाविसका १ सय ५० परिवार, गोरखाको थालाजुङ गाविसका ७५ परिवार, मुस्ताङको ६७ परिवार, दोलखाको जिरी नगरपालिका १ सय परिवार र सिन्धुपाल्चोकको पाङटाङ गाविसका १ सय ५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । प्रतिपरिवारलाई एक बन्डल टिन, २ थान म्याट्रेक्स, २ थान ब्याङकेट, त्रिपाललगायतको सामाग्री वितरण गरिएको अध्यक्ष कार्कीले अनलाइन वार्तामा बताए ।
राहत वितरणका लागि कतारबाट प्रवासी झापाली सम्पर्क मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीको नेतृत्वमा संयोजक लेखनाथ खतिवडा, प्रेम बानियाँ, लक्ष्मण खतिवडा, भीमकुमार कट्वाल र प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष तथा सभासद प्रेम गिरीको टोली प्रभावित जिल्लामै पुगेर राहत वितरण गरेको थियो । स्थानीय जिल्ला प्रशासन कार्यालयका पदाधिकारीका साथमा विभिन्न जिल्लामा राहत बाँडिएको मञ्चले बताएको छ ।
राहत वितरण कार्य सफल रुपमा सम्पन्न भएको जानकारी दिँदै मञ्चका अध्यक्ष कार्कीले प्रवासमा रहेका झापालीहरुको संस्था भए पनि मुलुकमा महाविपत्ति आइलाग्दा आफूहरु जिल्ला भन्दा माथि उठेर सहायताका लागि जुटेको बताए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई