विनाशकारी भूकम्पका कारण पीडित परिवारलाई कतारमा रहेका झापाली युवाहरुको साझा संस्था ‘प्रवासी झापाली सम्पर्क मञ्च’ले १ करोड २ लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री वितरण गरेको छ ।
कतारमा रहेका झापाली व्यावसायी महेन्द्र चौलागाईंको पहलमा विभिन्न दाता कम्पनीहरुको सहयोगमा उक्त रकम संकलन गरिएको हो । उक्त कोषमा प्रवासी झापाली सम्पर्क मञ्चका पदाधिकारीहरुले पनि सहयोग जम्मा गरेको बताइएको छ ।
मञ्चले गत मे ९ तारिखदेखि भूकम्प प्रभावित जिल्ला काभ्रे, पर्वत, गोरखा, सिन्धुपाल्चोक, दोलखा र मुस्ताङका विकट गाँउमा पुगी राहत सामाग्री वितरण गरेको हो । मञ्चले टिन (जस्तापाता), म्याट्रेस, ब्ल्याङ्केट, त्रिपाल, खाद्यान्न लगायतका सामाग्री वितरण गरेको मञ्चका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए ।
मञ्चले काभ्रे जिल्लामा कोसीदेखा र साठीघर गाविसका २ सय २६ परिवार, पर्वतको रानीपानी गाविसका १ सय ५० परिवार, गोरखाको थालाजुङ गाविसका ७५ परिवार, मुस्ताङको ६७ परिवार, दोलखाको जिरी नगरपालिका १ सय परिवार र सिन्धुपाल्चोकको पाङटाङ गाविसका १ सय ५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । प्रतिपरिवारलाई एक बन्डल टिन, २ थान म्याट्रेक्स, २ थान ब्याङकेट, त्रिपाललगायतको सामाग्री वितरण गरिएको अध्यक्ष कार्कीले अनलाइन वार्तामा बताए ।
राहत वितरणका लागि कतारबाट प्रवासी झापाली सम्पर्क मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीको नेतृत्वमा संयोजक लेखनाथ खतिवडा, प्रेम बानियाँ, लक्ष्मण खतिवडा, भीमकुमार कट्वाल र प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष तथा सभासद प्रेम गिरीको टोली प्रभावित जिल्लामै पुगेर राहत वितरण गरेको थियो । स्थानीय जिल्ला प्रशासन कार्यालयका पदाधिकारीका साथमा विभिन्न जिल्लामा राहत बाँडिएको मञ्चले बताएको छ ।
राहत वितरण कार्य सफल रुपमा सम्पन्न भएको जानकारी दिँदै मञ्चका अध्यक्ष कार्कीले प्रवासमा रहेका झापालीहरुको संस्था भए पनि मुलुकमा महाविपत्ति आइलाग्दा आफूहरु जिल्ला भन्दा माथि उठेर सहायताका लागि जुटेको बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा