
लन्डन । बेलायतको क्याम्ब्रीजसायरमा रहेका नेपालीले भूकम्प पीडितका लागि च्यारिटी कार्यक्रम गरि अर्थ संकलन गरेका छन् । सिम्पल जोशी र विनोद श्रेष्ठको अगुवाइमा गत ३० मेमा भएको च्यारिटी डिनरबाट २१४६ पाउण्ड संकलन भएको छ । स्थानीय सांसद डेनियर जाइखरसमेत सहभागी च्यारिटीमा करिब दुई सयजनाको उपस्थिति थियो । उक्त क्रममा सांसद डेनियलले भूकम्प पीडितलाई सहयोग गर्न प्रेरित गरेका थिए ।
संकलित रकम हेल्प नेपाल नेटवर्कमार्फत पीडित समक्ष पठाइने समाजसेवी विनोद श्रेष्ठले जनाए । श्रेष्ठले चन्दादाताहरु सबैप्रति आभार व्यक्त गरेका छन् ।
गत २५ अप्रिल र १२ मेमा गएका दुई शक्तिशाली भूकम्पले क्षतविक्षत नेपालको पुनर्निर्माण तथा पीडित समक्ष राहत पुर्याउन बेलायतवासी नेपाली तथा विदेशी शुभचिन्तकहरुको च्यारिटी कार्यक्रम जारी छ ।
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’