लन्डन । नेपालमा भूकम्पपछि भिएफएस ग्लोबलको काठमाण्डौं नक्सालस्थित कार्यालय भत्किएर रोकिएको यूके भिजासम्वन्धि सम्पूर्ण काम सोमबारदेखि सुचारु हुने भएको छ ।
यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) का अनुसार, आगामी १ जुन, २०१५ देखि बेलायत आउन चाहने नेपालीले काठमाण्डौं लैनचौरस्थित बेलायती दूतावास गएर निवेदन दिन सक्ने प्रवन्ध मिलाइएको छ ।
भिएफएस ग्लोबलको आफ्नै कार्यालय शुरु नभइन्जेल सम्मका लागि बेलायती दूतावासबाट अस्थायी सेवा दिन लागिएको हो ।
सोमबार देखि शुक्रवारसम्म बिहान ८ देखि दिउसो २ बजेसम्म भिसा आवेदन केन्द्र खुल्ने र इच्छुकले भिजाफोरयूके वेवसाइटमार्फत अनलाइन आवेदन समेत दिन सक्नेछन् । यूकेभिआइले केही सातादेखि रोकिएको सेवा पुनः सुचारु गर्ने क्रममा बढि समय प्रतिक्षा कुनुपर्नेमा समेत सचेत गराएको छ ।
यूकेभिआइले भिएफएस कार्यालय भत्किएर भिसा एप्लिकेसन सेन्टर बन्द भइ सेवा सुचारु हुन नसकेकोमा क्षमायाचना समेत गरेको छ ।
यसअघि घुम्न, पढ्न वा स्थायी बसोवासका लागि बेलायत आउन चाहने सम्पूर्ण नेपालीले भिएफएस ग्लोबल अफिसमा आवेदन दिएपछि उक्त एजेन्सीमार्फत सबै आवेदन भारतमा रहेको ब्रिटिश हाइ कमिशन जान्थ्यो । हाइ कमिशनमा निर्णय भएपछि सम्पूर्ण कागजात काठमाण्डौं भिएफएसमै फर्किएर आवेदकले त्यहांबाट कागजात र पासपोर्ट संकलन गर्दै आएका थिए ।
भिएफएस कार्यालय बन्द हुंदा मानिसहरु बेलायत आउन सकिरहेका थिएनन् । लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्सका सोलिसिटर राजु थापाले काठमाण्डौं कार्यालय बन्द भएर धेरै भूपू गोर्खाहरुले आफ्ना वयस्क आश्रित सन्तानको निवदेन हाल्न नपाएको जनाए ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै