लन्डन । नेपालमा भूकम्पपछि भिएफएस ग्लोबलको काठमाण्डौं नक्सालस्थित कार्यालय भत्किएर रोकिएको यूके भिजासम्वन्धि सम्पूर्ण काम सोमबारदेखि सुचारु हुने भएको छ ।
यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) का अनुसार, आगामी १ जुन, २०१५ देखि बेलायत आउन चाहने नेपालीले काठमाण्डौं लैनचौरस्थित बेलायती दूतावास गएर निवेदन दिन सक्ने प्रवन्ध मिलाइएको छ ।
भिएफएस ग्लोबलको आफ्नै कार्यालय शुरु नभइन्जेल सम्मका लागि बेलायती दूतावासबाट अस्थायी सेवा दिन लागिएको हो ।
सोमबार देखि शुक्रवारसम्म बिहान ८ देखि दिउसो २ बजेसम्म भिसा आवेदन केन्द्र खुल्ने र इच्छुकले भिजाफोरयूके वेवसाइटमार्फत अनलाइन आवेदन समेत दिन सक्नेछन् । यूकेभिआइले केही सातादेखि रोकिएको सेवा पुनः सुचारु गर्ने क्रममा बढि समय प्रतिक्षा कुनुपर्नेमा समेत सचेत गराएको छ ।
यूकेभिआइले भिएफएस कार्यालय भत्किएर भिसा एप्लिकेसन सेन्टर बन्द भइ सेवा सुचारु हुन नसकेकोमा क्षमायाचना समेत गरेको छ ।
यसअघि घुम्न, पढ्न वा स्थायी बसोवासका लागि बेलायत आउन चाहने सम्पूर्ण नेपालीले भिएफएस ग्लोबल अफिसमा आवेदन दिएपछि उक्त एजेन्सीमार्फत सबै आवेदन भारतमा रहेको ब्रिटिश हाइ कमिशन जान्थ्यो । हाइ कमिशनमा निर्णय भएपछि सम्पूर्ण कागजात काठमाण्डौं भिएफएसमै फर्किएर आवेदकले त्यहांबाट कागजात र पासपोर्ट संकलन गर्दै आएका थिए ।
भिएफएस कार्यालय बन्द हुंदा मानिसहरु बेलायत आउन सकिरहेका थिएनन् । लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्सका सोलिसिटर राजु थापाले काठमाण्डौं कार्यालय बन्द भएर धेरै भूपू गोर्खाहरुले आफ्ना वयस्क आश्रित सन्तानको निवदेन हाल्न नपाएको जनाए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै