लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाका ९९ औं धनी व्यक्ति बनेका छन् । गत वर्ष १ सय ५० औं स्थानमा रहेका घले यस वर्ष ९९ औं सूचीमा आइपुगेका हुन् ।
अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यू विक्लीले शुक्रवार सार्वजनिक गरेको यस वर्षको सूचीमा उनी ५ सय २८ मिलियन डलरसहित ९९ औं धनी भएका हुन् । गत वर्ष ३ सय ३५ मिलियन सम्पत्ति भएका घले दम्पत्तिको सम्पत्ति एक वर्षमा १ सय ९३ मिलियन डलरले वृद्धि भएको छ । यसैगरि गत वर्ष १ सय ५१ औं धनी व्यक्तिको सूचीमा रहेकी उनकी श्रीमती जमुना गुरुङ समेत यस वर्ष एक सयौं धनी व्यक्तिको नम्बरमा परेकी छिन् ।
नयां सूचीमा परेसंगै घलेले यसबाट नेपालमा लगानी गर्न र थप काम गर्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन् ।
सन १९९० मा विद्यार्थी भिषामा अष्ट्रेलिया गएका थिए घले । अहिले घलेको रियल स्टेट, मेलबर्न इन्सटिच्युट अफ टेक्नोलोजी लगायत व्यवसायिक क्षेत्रमा लगानी छ । उनको मेलबर्नस्थित उक्त इन्सटिच्युटमा मात्र करिव ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा