काठमाडौं। शनिबार गएको विनासकारी महाभूकम्प प्रभावितहरुको सहयोगका लागि गैर आवासीय नेपाल संघ (एनआरएनए) ले अफ्रिकाको विभिन्न देशबाट ३० लाख रुपैया संकलन गरेको छ। त्यसमा पूर्वी अफ्रिकी मुलुक तान्जानियाको एनआरएनएले भुकम्प पीडितका लागि १४ लाख रुपैया संकलन गरेको छ। 
‘पचास जना भन्दा कम नेपाली बसोबास गर्ने अफ्रिकी मुलुक तान्जानियाबाट यति ठुलो सहयोग स्वदेशका पीडितहरुको सहयोगका लागि पठाउनु सिंगो एनआरएनए अभियानलाई गौरबको बिषय भएको छ’ एनआरएनए अफ्रिका संयोजक हिक्मत थापाले बताएका छन्। एनआरएनए तान्जानियाका महासचिब सर्बेश जोशीका अनुसार उक्त रकम हिजै एनआरएनएको काठमाडौँ स्थित राहत कोष खातामा जम्मा भैसकेको छ।
त्यसै गरि अफ्रिकाका अन्य एनआरएनए शाखाहरुले पनि राहत संकलन जारी राखेका छन्। मंगलबारसम्म नाइजेरियाले ७ लाख, केन्याले ६ लाख , घानाले १ लाख संकलन गरेको छ। युगान्डा र जाम्बियामा पनि सहयोग संकलन सुरु भएको छ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश