काठमाडौं। शनिबार गएको विनासकारी महाभूकम्प प्रभावितहरुको सहयोगका लागि गैर आवासीय नेपाल संघ (एनआरएनए) ले अफ्रिकाको विभिन्न देशबाट ३० लाख रुपैया संकलन गरेको छ। त्यसमा पूर्वी अफ्रिकी मुलुक तान्जानियाको एनआरएनएले भुकम्प पीडितका लागि १४ लाख रुपैया संकलन गरेको छ। 
‘पचास जना भन्दा कम नेपाली बसोबास गर्ने अफ्रिकी मुलुक तान्जानियाबाट यति ठुलो सहयोग स्वदेशका पीडितहरुको सहयोगका लागि पठाउनु सिंगो एनआरएनए अभियानलाई गौरबको बिषय भएको छ’ एनआरएनए अफ्रिका संयोजक हिक्मत थापाले बताएका छन्। एनआरएनए तान्जानियाका महासचिब सर्बेश जोशीका अनुसार उक्त रकम हिजै एनआरएनएको काठमाडौँ स्थित राहत कोष खातामा जम्मा भैसकेको छ।
त्यसै गरि अफ्रिकाका अन्य एनआरएनए शाखाहरुले पनि राहत संकलन जारी राखेका छन्। मंगलबारसम्म नाइजेरियाले ७ लाख, केन्याले ६ लाख , घानाले १ लाख संकलन गरेको छ। युगान्डा र जाम्बियामा पनि सहयोग संकलन सुरु भएको छ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई