
लन्डन । सिंगापुरका उपप्रधानमन्त्री टियो चि हियनले आइतबार गोर्खाहरुसंग भेट गरेर नेपालको पछिल्लो विपत्तिबारे जानकारी लिएका छन् ।
आइतबार भेटघाटका क्रममा उनले ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि तहसनहस नेपालबारे जानकारी लिएको एसिया वान डटकमले जनाएको छ । उपप्रधानमन्त्री हियनले फेसबुक पोष्टमा आफ्नो भेटबारे उल्लेख गरेका थिए । उनले सिंगापुरका लागि गोर्खाहरुको कयौं पुस्ताले गरेको सेवाप्रति आभार समेत व्यक्त गरेका छन् । उनले सिंगापुर सिभिल डिफेन्स् फोर्स, सिंगापुर पुलिस फोर्स, सिंगापुर आर्मर्ड फोर्सेस् र केही गोर्खाहरु समेत नेपालमा उद्दारका लागि जाने तयारी गरेको अवगत गराएका छन् । उद्दार टोलीले मृतकहरुको खोजी, पीडितहरुको औषधोपचार लगायत मानवीय सहायतामा काम गर्ने जनाइएको छ ।
सिंगापुरको विदेश मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री हियनले सिंगापुर पुलिस फोर्समा उल्लेख्य गोर्खा अफिसरहरु रहेको र ति मध्ये कतिपय भूकम्प प्रभावित क्षेत्रका भएको पनि उल्लेख गरेका थिए । ‘हामी नेपालले सामना गरिरहेको यो विपत्तिमा सक्दो सहयोग गर्नेछौं’, उनले भनेका छन् । यसअघि सिंगापुरका प्रधानमन्त्री लि लुंगले पनि फेसबुकमा नेपालको विपत्तिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए । प्रधानमन्त्रीले विशेषगरि गोर्खा पल्टनमा रहेका गोर्खाहरु स्वदेशको दयनीय स्थिति र परिवारजनको अवस्थाबारे चिन्तित भएको हुनुपर्ने उल्लेख गर्दै सहानुभूति जनाएका थिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई