
लन्डन । सिंगापुरका उपप्रधानमन्त्री टियो चि हियनले आइतबार गोर्खाहरुसंग भेट गरेर नेपालको पछिल्लो विपत्तिबारे जानकारी लिएका छन् ।
आइतबार भेटघाटका क्रममा उनले ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि तहसनहस नेपालबारे जानकारी लिएको एसिया वान डटकमले जनाएको छ । उपप्रधानमन्त्री हियनले फेसबुक पोष्टमा आफ्नो भेटबारे उल्लेख गरेका थिए । उनले सिंगापुरका लागि गोर्खाहरुको कयौं पुस्ताले गरेको सेवाप्रति आभार समेत व्यक्त गरेका छन् । उनले सिंगापुर सिभिल डिफेन्स् फोर्स, सिंगापुर पुलिस फोर्स, सिंगापुर आर्मर्ड फोर्सेस् र केही गोर्खाहरु समेत नेपालमा उद्दारका लागि जाने तयारी गरेको अवगत गराएका छन् । उद्दार टोलीले मृतकहरुको खोजी, पीडितहरुको औषधोपचार लगायत मानवीय सहायतामा काम गर्ने जनाइएको छ ।
सिंगापुरको विदेश मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री हियनले सिंगापुर पुलिस फोर्समा उल्लेख्य गोर्खा अफिसरहरु रहेको र ति मध्ये कतिपय भूकम्प प्रभावित क्षेत्रका भएको पनि उल्लेख गरेका थिए । ‘हामी नेपालले सामना गरिरहेको यो विपत्तिमा सक्दो सहयोग गर्नेछौं’, उनले भनेका छन् । यसअघि सिंगापुरका प्रधानमन्त्री लि लुंगले पनि फेसबुकमा नेपालको विपत्तिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए । प्रधानमन्त्रीले विशेषगरि गोर्खा पल्टनमा रहेका गोर्खाहरु स्वदेशको दयनीय स्थिति र परिवारजनको अवस्थाबारे चिन्तित भएको हुनुपर्ने उल्लेख गर्दै सहानुभूति जनाएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार