काठमाडौं। म्याग्दी समाज समिति दक्षिण कोरियाले आर्थिक अवस्था कमजोर रहेका तीन सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ। सदरमुकाम बेनीबजारमा आयोजित कार्यक्रममा राष्ट्रिय मावि रुम, जनजागृति मावि मल्कवाङ र प्रतिनमा प्रावि देवी स्थानलाई सहयोग हस्तान्तरण गरिएको हो।
आर्थिक अवस्था कमजोर रहेका म्याग्दीका केही सामुदायिक विद्यालयलाई सहयोग जुटाउने उद्देश्यले कोरियामा प्रदर्शन गरिएको टलकजङ्ग भर्सेज टुल्के नामक चलचित्रबाट भएको आम्दानीबाट मल्कवाङको जनजागृतिलाई रु ४० हजार, प्रतिनरमा र राष्ट्रिय माविलाई प्रतिविद्यालय रु ३० हजारका दरले सहयोग वितरण गरिएको थियो ।
कार्यक्रममा मोना हङ्कङका निर्वतमान कोषाध्यक्ष कर्ण पुन, म्याग्दी समाज समितिको तर्फबाट कमला गिरीलगायतको सहभागिता रहेको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च