स्टकहोल्म । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको आयोजनामा स्वीडेनवासी नेपालीहरूले विविध साँस्कृतिक कार्यक्रम गरी नेपाली नयाँ वर्ष मनाए ।
स्वीडेनको स्टकहोल्मको म्याण्डारिन प्याराडाइज रेष्टुरेण्टमा आयोजित उक्त नयाँ वर्ष कार्यक्रमको पहिलो चरणमा शुभकामना आदान-प्रदानको कार्यक्रम राखिएको थियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्णकुमार ढकाल, महासचिव निर्जल खड्का, स्वीडेन नेपाल मैत्री संघका अध्यक्ष डा. कटक मल्ल, हेल्प नेपाल स्वीडेनका उपाध्यक्ष विकास शाक्य, सेभेन विमिन अष्ट्रेलियाकी स्टेफानी उल्याण्डरले शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामना मन्तव्यपछि विविध साँस्कृतिक कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्वसचिव अनिल घिमिरेले नयाँ वर्षको शुभकामना गीत प्रस्तुत गरेका थिए भने बालप्रतिभा प्रणव केसीले नेपाली राष्ट्रगान पियानोवादनका साथ प्रस्तुत गरेका थिए । अर्का बालप्रतिभाहरू श्रेयश खतिवडाले पियानोवादन र नृत्य तथा विश्रुती मैनालीले गायन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी रुविननारायण जोशी तथा सान्नाले नृत्य, शैलेश उपाध्याय तथा श्रेया उपाध्यायले गायन, प्रितेश आचार्यले गीतारवादन तथा एनआरएनए स्वीडेनका पूर्व उपाध्यक्ष डा. बृजेश मैनाली तथा शैलेश उपाध्यायले कवितावाचन गरेका थिए ।
रात्रिभोजपछि सामूहिक नृत्यको कार्यक्रम राखिएको थियो। अपरान्ह ३ बजे शुरू भई राति साढे आठ बजे समाप्त भएको सो नयाँ वर्ष कार्यक्रम एनआरएनए स्वीडेनका कार्यसमितिका सदस्य रुविननारायण जोशीले सञ्चालन गरेका थिए ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान