
लस एन्जलस । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनका अध्यक्ष प्रत्यासी गणेश कुंवरले संघको संस्थागत संरचना निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । एनआरएनए अमेरिकाको अन्तर्राष्ट्रिय परिषद निर्माणको एक दशकसम्म नेपाली अमेरिकनको पहुंच बाहिर रहेकाले संघको संस्थागत विकास हुन नसकेको ठहर गर्दै उनले संघको संस्थागत विकासका लागि आफ्नो दक्षता नेपाली अमेरिकनको हितमा उपयोग गर्न उम्मेदवारी दिएको दावी गरे । कुंवरले आफूलाई मत दिन समेत आग्रह गरेका छन् ।
शनिबार लस एन्जलसको आर्टेसिया शहरमा आयोजित कार्यक्रममा कुंवरले भने, ‘मेरो पहिलो प्राथमिकता संस्थागत एनआरएनए अमेरिकासंगै आइसीसी सदस्यका उम्मेदवार पुरुषोत्तम ढकालले उठाएको एजेन्डा अमेरिकी मुलधारमा नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण र समाजिकीकरण तर्फ केन्द्रित रहने छ ।’
उनले नेपाली अमेरिकनको पहिलो पुस्ताका सिमित अनुहारले सबै क्षेत्र ओगटेको दावी गर्दै दोस्रो पुस्तालाई गैर आवासीय अभियानमा जोड्न पनि आफूले सक्दो प्रयास गर्ने बताए । सबै नेपाली अमेरिकनलाई यो अभियानमा सामेल गर्न उनीहरुको हितमा दिन सकिने लाभदायक विषय अमेरिकामा धेरै रहेको र संघ सूचना मैत्री हुन नसकेको बताउदै उनले आफूले हाँसिल गरेको सूचना प्रविधिको दक्षता समेत संघको हितमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार