
लस एन्जलस । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनका अध्यक्ष प्रत्यासी गणेश कुंवरले संघको संस्थागत संरचना निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । एनआरएनए अमेरिकाको अन्तर्राष्ट्रिय परिषद निर्माणको एक दशकसम्म नेपाली अमेरिकनको पहुंच बाहिर रहेकाले संघको संस्थागत विकास हुन नसकेको ठहर गर्दै उनले संघको संस्थागत विकासका लागि आफ्नो दक्षता नेपाली अमेरिकनको हितमा उपयोग गर्न उम्मेदवारी दिएको दावी गरे । कुंवरले आफूलाई मत दिन समेत आग्रह गरेका छन् ।
शनिबार लस एन्जलसको आर्टेसिया शहरमा आयोजित कार्यक्रममा कुंवरले भने, ‘मेरो पहिलो प्राथमिकता संस्थागत एनआरएनए अमेरिकासंगै आइसीसी सदस्यका उम्मेदवार पुरुषोत्तम ढकालले उठाएको एजेन्डा अमेरिकी मुलधारमा नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण र समाजिकीकरण तर्फ केन्द्रित रहने छ ।’
उनले नेपाली अमेरिकनको पहिलो पुस्ताका सिमित अनुहारले सबै क्षेत्र ओगटेको दावी गर्दै दोस्रो पुस्तालाई गैर आवासीय अभियानमा जोड्न पनि आफूले सक्दो प्रयास गर्ने बताए । सबै नेपाली अमेरिकनलाई यो अभियानमा सामेल गर्न उनीहरुको हितमा दिन सकिने लाभदायक विषय अमेरिकामा धेरै रहेको र संघ सूचना मैत्री हुन नसकेको बताउदै उनले आफूले हाँसिल गरेको सूचना प्रविधिको दक्षता समेत संघको हितमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई