स्टकहोममा नेपाली कल्चरल फेस्टिवल

स्टकहोम । स्वीडेनस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल मण्डप नेपाली कल्चरल एसाेसिएसन अफ स्वीडेनको आयोजनामा स्वीडेनको राजधानी स्टकहोल्ममा स्टकहोम नेपाली साँस्कृतिक उत्सव सम्पन्न भएको छ ।
अप्रिल ४ का दिन आयोजित सो उत्सवकफ पियानोद्वारा नेपाली राष्ट्रीय गितको धुन बजाएर स्वीडेन निवासी दश वर्षीय प्रतिभाशाली नेपाली बालक श्रेयष खतिवडाले उद्घाटन गरेका थिए।
 उत्सवमा स्टकहोमबाट प्रतिनिधित्व गर्ने स्वीडेनबासी नेपाली प्रतिभाहरु, ज्ञानु भण्डारी कठायत, उषा गौतम, परिक्षा भट्टराई (गोथेन्बर्ग), अन्जु खड्का, विशाल चौधरी, रबि बोहरा, सुजता संग्रौला चिमरिया, प्रदिप केसी, रन्जु खड्का, शैला श्रेष्ठ आचार्य, बिन्दा खरेल, दिप शर्मा र उचित सिग्देलले नेपालका केही जातजातिहरुका परम्परागत भेषभूषाहरु सँगसँगै साँस्कृतिक पहिरन धारण गरेर परम्परागत तथा आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए । स्टकहोम बाहिरबाट प्रतिनिधित्व गर्ने स्वीडेनबासी नेपाली प्रतिभाहरु बिजय प्रधान, दिप थापा र मीन सुनवारले गीत गाएर उत्सवलाई संगीतमय बनाएका थिए।
उत्सवको अन्त्यमा, उत्कृष्ट कलाकारको पुरस्कार समेत हात परिसकेकी, पचासको दशकको नेपाली रगंमन्चकी सक्रिय कलाकार सोमा थापा अधिकारीद्वारा अभिनित नाटक “मातृपीडा” प्रस्तुत गरिएको थियो। अातंकवादको शिकार भएका विश्वभरिका बालबालिकाहरुप्रति समर्पित प्रस्तुत नाटकका लेखक तथा निर्देशक सुबास अधिकारी थिए। नेपाली रंगमन्चमा १५ वर्षभन्दा लामो समय नाटक लेखक, निर्देशक र अभिनेताको रुपमा अधिकारीले यूरोपियन युनियन र विश्व परिदृश्य नेपालद्वारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र तथा अन्तर्राष्ट्रिय मानवीय कानुन विषयमा २००६ मा नेपालमा आयोजना गरिएको युवा नाट्य प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका थिए।
नेपाल मण्डपले चाँडै नै  स्टकहोम नेपाली पोयट्री फेस्टिभल र क्रियटिभ वर्कसप फर चिल्ड्रेन अण्डर १४ पनि आयोजना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री