काठमाडौं। विदेशमा बस्दै आएका नेपालीहरुले काभ्रेको खरेलथोमा रहेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्साघर निर्माणका लागि २ लाख रुपैयां संकलन गरेका छन्।
पक्की भवन निर्माणका लागि एनआरएनए स्पेन र नेपाली समुदायले चलाउँदै आएको नेपालीनेपाली डट कमको पहलमा एक सातामै भवन निर्माणका लागि आवश्यक पर्ने २ लाख रुपैयां संकलन भएको छ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य दीपक खरेलले पक्की घर निर्माणका लागि २ हजार १ सय २९ युरो संकलन भएको बताएका छन्।
‘अब पक्की भान्सा घर बन्ने भयो, पुनर्स्थापना केन्द्रका बालबालिकाहरुको अबस्थालाई हेरेर सहयोग गर्ने सबै प्रति आभारी छु,’ खरेलले भने ।
आगामी हप्ता एक मुष्ठ रकम संकलन गरी रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिने जानकारी खरेलले दिएका छन्। औपचारिक रुपमा रकम संकलन अभियानलाई टुंगाउने भए पनि ईच्छुकले हस्तान्तरण कार्यक्रमको अबधिसम्म सहयोग गर्न सक्नेछन्।
पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट २२ जना छात्रछात्राले आश्रय लिदै आएका छन् ।
खाना बनाउनको लागि बांसले बारेको भान्सा कोठा रहेकोले त्यसलाई पक्की बनाउन सके केन्द्र संचालन गर्न सहज हुने भन्दै स्पेनबाट पहल गरिएको हो।
खरेलथोक स्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’ की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दसक देखि केन्द्र संचालनमा छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च