लन्डन । करिब तीन वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर कम्पनी गोर्खा च्यानल प्रसारणको औपचारिक शुरुवात भएको छ । गत ७ डिसेम्बरबाट आइपी टेक्नोलोजी र वेवमार्फत २४ सै घण्टा प्रसारण शुरु भएपनि आइतबार लन्डनस्थित क्ले ओभन ब्याङक्यूटिङ हलमा आयोजित एक समारोहबीच औपचारिक शुरुवात भएको घोषणा गरिएको हो ।
कार्यक्रममा च्यानलका मार्केटिङ चिफ वाङ तामाङले च्यानल सञ्चालनको उद्देश्य, यसका भावी योजना, च्यानलबाट प्रसारण हुने कार्यक्रमको रुपरेखा, विज्ञापन शुल्क र अफरहरुबारे अवगत गराएका थिए ।
तामाङले छोटो समयमै आफ्ना दर्शक अत्यधिक बढेका जनाउंदै निकट भविष्यमै च्यानललाई स्याटेलाइटमार्फत प्रसारण गर्ने योजना भइरहेको सुनाए । उनले बेलायतमा रहेका नेपालीलाई स्वदेशको खवर र बेलायतस्थित नेपाली डायष्पोरामा भइरहने गतिविधि प्रसारण गरेर सूसुचित गराउने आफूहरुको उद्देश्य रहेको जनाए । ‘विश्वभर छरिएर रहेका नेपालीलाई एकीकृत गर्ने हाम्रो उद्देश्य छ’, उनले थपे ।
तामाङ र आइटी चिफ अमन गौचनले उपस्थित दर्शकदीर्घाबाट आएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा आइटी चिफ अमन गौचन, पिआर एवं प्रशासनका दीप राना, प्रोडक्सन हेड राजेन्द्र भट्ट, निर्देशक विमला सेने र नेपाली तथा अन्य एसियन समुदायका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारी एवं व्यवस्थापकहरुको सहभागिता थियो ।
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय