मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ०५:५१ | UK Time: 00:06

नेपाली किशोरीले आफ्नो कपाल च्यारिटीलाई दिइन्

वीनेपाली
२०७१ चैत ३ गते ७:२२

10867052_1028755767153065_63217084_n
लन्डन । सेवा नै धर्म हो भन्ने नेपाली उक्तिलाई बेलायतको वेम्लीस्थित एक हाइस्कुलमा अध्ययनरत नेपाली किशोरी प्रकृति पौडेलले चरितार्थ गरेकी छन् । उनले आफ्नो १५ इञ्च कपाल काटेर लिटल प्रिन्सेस ट्रस्ट भन्ने च्यारटी संस्थालाई दान गरेकी छन् ।

यसबाट क्यान्सर जस्ता भयावह रोगबाट आफ्नो कपाल गुमाएका मुडुला बालबालिकाको ओठमा हांसो ल्याउन सहयोग पुग्ने उनको अपेक्षा छ । उनले सहयोग गरेको संस्थाका अनुसार एउटा विग्स किन्नका लागि ब्रिटिश पाउण्ड ३ सय ५० लाग्ने उनको भनाई छ । लिटल प्रिन्स्ले मानिसहरुको कपाल संकलन गरि यस्ता विग्स बनाएर क्यान्सर पीडित बालबालिकालाई वितरण गरि खुशी तुल्याउन सहयोग गर्दै आएको छ । ति किशोरी प्रकृतिले उक्त संस्थालाई दिन आफन्त, साथीभाई र अन्य परोपकारी महानुभावबाट ५ सय पाउण्ड भन्दा बढि 
रकम संकलन गरेकी छन् । सानै उमेरमा उनको परोपकारी भावना र कार्यले अरुलाई पनि समाजसेवामा अग्रसर हुन हौसला मिल्ने आशा प्रकृतिको छ । उनी डा. पुरुषोत्तम पौडेल र तारा पौडेल कि छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक