काठमाडौं। धादिङको पिडा ८ मा विषाक्त गहूँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। विषादी मिसिएको गहुँ पानीमा पखालेर घट्टमा पिसेको पिठोबाट बनाइएको रोटी खाँदा पिडा गाउँका ६२ वर्षीय सन्जबहादुर स्याङ्तान, उनकी बुहारी २८ वर्षीया फुलमाया स्याङ्तान्, नाति नातिनाहरु ७ वर्षीया सविता स्याङताङ, ५ वर्षका रमेश, अर्जुन र २ वर्षका अनिल स्याङ्तानको मृत्यु भएको हो। वीउका लागि किराले नखाओस् भनेर विषादी हालेर राखेको गहुँको परिकार खाँदा यस्तो भएको प्रहरीले जनाएको छ। 
कतिपयको अवस्था चिन्ताजनक छ । घाइते ठुलीमाया तामाङ, मगमाया तामाङ, दिलवहादुर तामाङ, शान्ति तामाङ, सुनमाया तामाङ, राजु तामाङ, रमिला तामाङ , टेक तामाङ, पुर्ण तामाङ, वुद्धलक्ष्मी तामाङलाई मनमोहन मेमोरियल अस्पताल र लक्ष्मी तामाङ, वुद्धसिंह तामाङ, सम्झना तामाङ, फुलमाया तामाङलाई उपचारका लागि राजधानीको वल्खुस्थित शिवज्योती अस्पताल पुर्याइएको छ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल