काठमाडौं। एक नेपालीसहित दुई ब्रिटिस गोर्खा सैनिकले ‘आर्टिक सर्कल’ छिटो समयमा यात्रा पुरा गरि कीर्तिमान बनाउने घोषणा गरेका छन्।
गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत बेलायती अधिकृत जोन आर्मस्ट्ङ र ताप्लेजुङका कर्पोरल अर्जुन लिम्बुले कीर्तिमानका लागि आर्टिक सर्कलको यात्रा मेबाट शुरु हुने बताएका छन्।
१ हजार ५ सय माइलको यो दुरी दुवैले एक सय दिनभित्रै सम्पन्न गर्ने गरी तयारी शुरु भएको सो अभियानलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानाडियन आइल्यान्ड अफ इल्लेमेरको छिटो भ्रमणको कीर्तिमान दुई अमेरिकीको नाममा छ।
उनीहरुले सन् २०११ मा १ सय ४ दिन लगाएर सो सर्कलको यात्रा पूरा गरेका थिए। ‘हाम्रो लक्ष्य एक सयदिनभन्दा कम समयमा यात्रा पूरा गर्ने रहेको छ’ बेलायती सञ्चार माध्यमहरुलाई उनीहरुले भनेका छन्, ‘वास्तवमा भन्ने हो भने यो तयारीका लागि छोटो अवधि हो ।’ यसअघि एक टोलीले मात्रै सर्कलको यात्रा पूरा गरेको छ।
गर्मी याम शुरु भएपनि सो स्थानको मौसम माइनस १० देखि १५ को बीचमा हुने छ। १ सय २० किलो सामग्रीसहित रहने उनीहरुसँग ३० किलोको कायाक हुनेछ। कायाकमा उनीहरुले प्रतिघण्टा ६ माइलको यात्रा हुने अपेक्षा गरेका छन्। ‘धेरै बरफ नजमेको अवस्थामा मात्रै त्यस्तो हुनेछ’ उनीहरुले भनेका छन्। यात्राको क्रममा उनीहरुले स्की, पर्वतारोहण र कायाक तीन वटा माध्यमबाट गर्नेछन्।
कीर्तिमानधारी व्यक्तिहरुले यात्राको बारेमा अर्मस्ट्रोङ र लिम्बुलाई सघाएका छन्। कीर्तिमानधारी जोन ट्रुक उनीहरुलाई सहयोगीको टिममा छन्। अहिलेसम्म एउटा मात्रै टोलीले सो यो दुरी तय गरेको छ। उनीहरुले बेलायती सेनामा गोर्खालीहरु सहभागिताको दुई सय वर्ष पुगेको अवसरमा अभियान शुरु गरेको बताएका छन्। 
उनीहरुले यो अभियानबाट ताप्लेजुङमा खानेपानी र सरसफाइका लागि गोर्खा वेलफेयर ट्रष्टबाट खर्चिने गरी ३० हजार पाउन्ड उठाउने लक्ष्य राखेका छन्। बेलायती सैनिकमा रहेर अफगानिस्तान र इराकमा तैनाथ भैसकेका ३४ वर्षे लिम्बुको गृह जिल्ला ताप्लेजुङ हो। सो अभियनका लागि उनीहरुको तालिम नर्वे, फ्रान्स र वेल्समा भएको छ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?