काठमाडौं। दुबईको एक अदालतले नेपाली कामदार महिलामाथि बलात्कार गर्न खोज्ने तीन बंगलादेशीलाई जेल सजायँ गरेको छ।
अदालतले सन् २०१३ डिसेम्बरमा भएको सो घटनाका आरोपीलाई तीन तीन वर्ष जेल सजायँ दिएको हो । नेपाली प्रेमीसँग रहेका ती नेपाली महिलालाई तीनमध्ये एकले घिसारेर ट्रकभित्र पुर्याइ बलात्कार गर्ने कोसिस गरेका थिए। 
बाँकी दुई बंगलादेशीले ती महिलाको नेपाली प्रेमीलाई पक्रेर राखेका थिए। तर उनीहरुबाट फुत्किएपछि नेपाली युवकले प्रेमिकालाई बंगादेशीहरुबाट बलात्कृत हुनबाट जोगाएका थिए ।
तीन बंगलादेशीमाथि बलात्कारको कोसिस, आक्रमण, लुटपाट र धम्कीलाई अदालतले जेल सजायँ तोकेको गल्फ न्यूजले जनाएको छ।
न्यायाधीशले जेल सजायसँगै तीनै जना बंगलादेशीलाई देश निकाला गर्न निर्देशन दिएका छन्। तीनै जनाले अदालतमा बलत्कार कोसिसको आरोपलाई अस्विकार गर्दै लुटपाट मात्रै गर्न खोजेको बताएका थिए।
आरोपितहरुले नेपाली महिलाले बलात्कारबाट जोगिन कोसिस गरे प्रेमीलाई मार्ने चेतावनी दिएका थिए।
मुद्दाको फैसलामाथि चित्त नबुझे १५ दिनभित्र पुनरावेदन गर्न सक्ने व्यवस्था छ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई