काठमाडौं। दुबईको एक अदालतले नेपाली कामदार महिलामाथि बलात्कार गर्न खोज्ने तीन बंगलादेशीलाई जेल सजायँ गरेको छ।
अदालतले सन् २०१३ डिसेम्बरमा भएको सो घटनाका आरोपीलाई तीन तीन वर्ष जेल सजायँ दिएको हो । नेपाली प्रेमीसँग रहेका ती नेपाली महिलालाई तीनमध्ये एकले घिसारेर ट्रकभित्र पुर्याइ बलात्कार गर्ने कोसिस गरेका थिए। 
बाँकी दुई बंगलादेशीले ती महिलाको नेपाली प्रेमीलाई पक्रेर राखेका थिए। तर उनीहरुबाट फुत्किएपछि नेपाली युवकले प्रेमिकालाई बंगादेशीहरुबाट बलात्कृत हुनबाट जोगाएका थिए ।
तीन बंगलादेशीमाथि बलात्कारको कोसिस, आक्रमण, लुटपाट र धम्कीलाई अदालतले जेल सजायँ तोकेको गल्फ न्यूजले जनाएको छ।
न्यायाधीशले जेल सजायसँगै तीनै जना बंगलादेशीलाई देश निकाला गर्न निर्देशन दिएका छन्। तीनै जनाले अदालतमा बलत्कार कोसिसको आरोपलाई अस्विकार गर्दै लुटपाट मात्रै गर्न खोजेको बताएका थिए।
आरोपितहरुले नेपाली महिलाले बलात्कारबाट जोगिन कोसिस गरे प्रेमीलाई मार्ने चेतावनी दिएका थिए।
मुद्दाको फैसलामाथि चित्त नबुझे १५ दिनभित्र पुनरावेदन गर्न सक्ने व्यवस्था छ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न