काठमाडौं। धर्म परिवर्तन गराउन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै सभाषदको नाममा खुल्ला पत्र लेखेपछि विवादमा तानिएका बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले पदबाट राजिनामा दिएका छन्। स्पार्क्सले तीन मुलकमा राजदूत पदको जिम्मेवारी सहित बेलायती परराष्ट्र सेवामा ३० वर्ष बिताएपछि सेवाबाट अवकास लिने व्यक्तिगत निर्णय गरेको वेलायती दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ ‘उहाँले सरकारी सेवा बाहिरका अन्य अवसरहरुका लागि समय दिन चाहनु भएको छ।’ 
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको विकाशमा आफ्नो सहभागिता कायमै राख्ने बताएका छन्।
स्पार्क्सलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ‘राजदूतका रुपमा मैले नेपाल छोडिरहेको भएपनि मैले सदाका लागि गुडवाई भनेको पक्कै हैन। म यो देशका महान जनताको सफलता र सम्पन्नताको कामना गर्छु। साथै, नेपाल र बेलायतबीचको बिशेष सम्बन्धको दुईसय वर्ष पुगेको अवसरमा गरिने उत्सवमा मैले ब्यक्तिगतरुपमा आफ्नो भूमिका निर्वाह गरि नै रहने आशा गर्दछु।’
राजदूत स्पार्क्सको धर्म परिवर्तनबारेको अभिव्यक्तिको चर्को आलोचना भएको थियो। सरकारले यस विषयमा स्पष्टिकरण समेत लिएको थियो।
स्पार्क्सले बुधबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पान्डे र परराष्ट्र सचिव शंकर बैरागीलाई भेटर आफू आगामी महिना फर्कन लागेको बताएका हुन्।
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई