काठमाडौं। भारतीय हवाई रुट हुँदै मानवतस्करी बढेपछि नेपालले पूर्वस्वीकृति बिना नेपालीलाई भारतीय विमानस्थलबाट तेस्रो देश जान रोक्न भारतसमक्ष विमानस्थलमा कडाइ गर्न प्रस्ताव गरेको छ। मानव तस्करले नेपाली नागरिकलाई जोखिमपूर्ण काममा लैजान भारतका विभिन्न विमानस्थल प्रयोग बढाएको विवरणसहित नेपाली सुरक्षा अधिकारीले पोखरामा मंगलबार सुरु ‘नेपाल–भारत सीमा सुरक्षा बैठक’ मा यस्तो प्रस्ताव राखेको नागरिक दैनिकले समाचार छापेको छ।
बैठकमा भारत हुँदै तेस्रो देश जाने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गर्न प्रस्ताव गरेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।
‘दलालले विभिन्न प्रलोभन देखाई नक्कली कागजातसाथ नेपालीलाई भारतको बाटो उडाउन नपाऊन् भनेर दिल्लीस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गर्न प्रस्ताव गरेका छौं,’ ढकालले भने, ‘भारतको अध्यागमनले त्यसो गरिदियो भने नेपालीले दुःख पाउने छैनन्।’
पछिल्लो समय मानवतस्कर समूहले वैदेशिक रोजगारीका लागि नेपालले प्रतिबन्ध लगाएका इराक, अफगानिस्तान, लिबियालगायत देशमा मात्र होइन, युगान्डा, केन्या, माडागास्कार, मलेसिया, दुबई र कुबेतलगायत देश पुर्या एर नेपाली महिलालाई जोखिमपूर्ण काममा लगाउन भारतका हवाई रुट प्रयोग गरिरहेका छन्।
तस्कर समूहले पर्यटक आवरणमा भिसा लगाएर नेपाली युवतीलाई डान्स–बारलगायतमा काम गराउन मलेसिया, दुबई, कुवेतसँगै युगान्डा, केन्या, बहराइन पुर्याउने गरेको खुलेपछि नेपाली सुरक्षा अधिकारीले आफ्नो विमानस्थल कडाइ गरेका थिए। त्यसलगत्तै मानवतस्कर समूहले स्थलमार्ग हुँदै भारत पुर्यागएर त्यहाँको हवाई रुट प्रयोग गरिरहेका छन्।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गत वर्षको जुलाईदेखि डिसेम्बरसम्म दिल्ली विमानस्थल हुँदै ८ हजार नेपाली युवतीको तस्करी भएको उल्लेख छ।
उक्त रिपोर्टअनुसार दुबईलगायत देशमा जोखिमपूर्ण काममा लैजान मानव तस्कर समूहले दिल्ली विमानस्थलको उपयोग गर्दै आएका छन्। दिल्लीको मानवतस्कर प्रतिरोध दस्ताले गत जुलाईमा दिल्ली विमानस्थलमा छड्के जाँच क्रममा दुबई हुँदै नैरोबीको डान्स–बारमा काम गर्न लैजान विमानस्थल पुर्याइएका ७६ नेपाली युवतीलाई फेला पारेको थियो। घटनालगत्तै भारतीय अनुसन्धान निकाय सिबिआईले दिल्ली हुँदै तेस्रो देश गएका नेपाली युवतीको विवरण नेपाली सुरक्षा अधिकारीलाई पठाएको थियो।
भारतीय गृह मन्त्रालयका सह–सचिव हितेशकुमार मकवानासहितको टोलीले नेपालले उठाएको विषयप्रति गम्भीर चासो राखेको बैठकमा सहभागी एक अधिकारीले बताए। विमानस्थल प्रयोग गर्न दिने–नदिनेबारे अध्यागमन कार्यालय गृह मन्त्रालय मातहत नै भएकाले यही बैठकमा सहभागी भारतीय अधिकारीले त्यसबारे निर्णय गर्नेमा नेपाली पक्ष आशावादी छन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत