काठमाडौं। भारतमा सुस्त मनस्थितिकी एक नेपाली युवतीको सामूहिक बलात्कारपछि नृशंस हत्या भएको छ। भारतीय सञ्चार माध्यमहरुले बर्दिया जिल्लाकी २८ वर्षीया ती युवतीको बलात्कारपछि हत्या गरि ती युवतीको अंगभंग अवस्थामा रहेको शव बुधबार हरियाणा राज्यको रोहतक जिल्लाको बहु अकबरपुरमा भेटिएको जनाएएका छन् । भारतीय सञ्चार माध्यमहरुले सन् २०१३ मा नयाँ दिल्लीमा गुड्दै गरेको बसमा एक युवतीको जस्तो विभत्स भएको बताएका छन्। सो घटनाको विरोधमा भारतभर प्रदर्शन भएको थियो। 
शरीरको महत्वपूर्ण अंग नभएको ती युवतीको यौनाङहरुमा लठ्ठी, ढुंगा र कन्डम भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। केही महिना अघि दिदीसँगै बस्न गएकी ती युवती आइतबारदेखि वेपत्ता थिइन्। उनको शव गाउँ नजिकको खेतमा बुधबार भेटिएको थियो।
बिहीबार रोहतकस्थित पण्डित भगवान दयाल शर्मा पोस्ट ग्रयाजुएट इन्टिच्युट अफ मेडिकल साइन्समा ती युवतीको सड्न थालिसकेको शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। सो अस्पतालका फोरेन्सिक डिपार्टमेन्टका प्रमुख डा एसके धतेरवालले मृतक युवतीको गुद्दरमा दुई वटा ढुंगा कोचिएको अवस्थामा रहेको बताएका छन्।
‘उनको अनुहार जनावरले खाएको थियो। मुटु र कलेजो हराएको अवस्थामा छ । उनको मस्तिकको हड्डी फुटेको छ र उनको तिध्रा र छाती दुवैमा भेटको निशानी छ’ धतेरवालले भने, ‘उनको योनीमा १६ सेन्टिमिटर लामो र ४ सेन्टिमिटर चौडाइको लठ्ठी भेटिएको छ। ती लामो लठ्ठी पसाउँदा भाँचिएको अनुमान गरेका छौ। योनीभित्र धेरै वटा कन्डम पनि भेटिएको छ।’ चिकित्सकहरुलाई पोस्टमार्टम गर्न पाँच घण्टा लागेको छ।
२९ वर्षको सेवा अवधिमा करिब ३० हजार पोस्टमार्टम गरेका धत्तेरवालले यस्तो विभत्सता कहिले पनि नदेखेको टाइम्स अफ इन्डियालाई बताएका छन्।
घटनाबारे अहिलेसम्म कुनै सुराक पत्ता लाग्न नसकेको प्रहरीले आफूले सक्दो कोसिस गरेको बताएको छ। जिल्ला प्रहरीले डिएसपीको नेतृत्व विशेष अनुसन्धान टिम गठन गरिएको अनुसन्धान शुरु गरेको छ।
अनुसन्धानका लागि प्रहरीले शहरको विभिन्न स्थानको सिसिटिभी फुटेजको संकलन गरेर अध्ययन शुरु गरेको छ। प्रहरीले बलात्कारीको बारेमा सुराकी दिनेलाई एक लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ।
यसैबीच राज्यस्थित महिला आयोगले सो घटनाको दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा