अबुधाबी । यात्रा आफैंमा कष्टकर हुन्छ । त्यसमा पनि साइकल यात्राको दुःखलाई सबैले महसुस गर्न सकिन्छ । यात्रा पनि एक देशको होइन, विश्व साइकल यात्राको कुरा ।
पाँच वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दाँया खुट्टा सुकेको छ । हिँडाइ असहज प्रस्ट देखिन्छ । बाँया खुट्टाको बलले साइकलको पाइडल दबाउँदै सन् २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन भन्ने सन्देश बोकी यूएई आइपुगेका छन् ।
अपाङ्गलाई अवसरको खाँचो छ भन्ने आवाज बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरवन हो । झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुभव उनीसँग छ ।
नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम टे्रडर्सबाट साइकल किनेर नेपाल, भारत लगायत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौडेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउँछन् ।
अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन यूएईबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
यूएईपछि ओमन र त्यसपछि युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन् । साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन् ।
विभिन्न उदेश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा