काठमाडौं। दक्षिण पूर्वी एशियाली मुलुक कम्बोडियाको सर्वोच्च अदालतले आतंकवादी आक्रमण गर्न खोजेको अभियोगमा एक नेपालीसहित तीन जनालाई ८ वर्षको जेल सजाय तोक्न तल्लो अदालतको फैसलालाई सदर गरेको छ। अदालतले कम्बोडियामा बसेर व्यापार गर्दै आएका पर्वत कार्कीनेटाका डिपी (धनपति) पौडेल र दुई बंगलादेशी नागरिकले पुनरावेदन अदालत जेल सजायविरुद्ध दिएको अपिल खारेज गरेको हो।
‘सर्वोच्च अदालतले नोम पेनस्थित तीन वटा विदेशी दूतावासमा सन् २०१० अप्रिलमा आतंकवादी आक्रमण गर्ने तीन मानिसका विरुद्ध तल्लो अदालतले गरेको फैसला कायम राख्ने निर्णय गरेको छ’, सर्वोच्च आदालतका न्यायाधीश खिम पोनको फैसला उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।
पौडेलसँगै बगलादेशी नागरिक रुफिकुल इस्लामी, मियाँ मुहमेद हुयमायन कबिरलाई सन् २०१० जुनमा पक्राउ गरिएको थियो। आफूलाई अल कायदाको सदस्य रुपमा प्रस्तुत गरेका तीन व्यक्तिको हस्ताक्षर भएको पत्रमा अमेरिकी, अस्ट्रेलिया र बेलायती दूतावासमा श्रृखलावद्ध आक्रमणको धम्की दिएको देखिएको भन्दै तल्लो अदालतले ८-८ वर्षको फैसला सुनाएको थियो। तीनै जनताले दूतावासलाई पत्र पठाएको अस्वीकार गर्दै आएका छन्।
प्रारम्भमा तीन नेपाली र तीन विदेशी थिए।
२०६९ असार २५ गतेको नेपाल म्याजेगिनमा यस्तो छापिएको थियो उनको फिचर
कम्बोडियाको जेलमा नेपालीको चित्कार
नाम उच्चारणमा एकरुपता आएका आधारमा एक नेपाली कम्बोडियाको जेलमा यातनापूर्ण जीवन विताइरहेका छन् । पर्वतको कार्कीनेटा ५ का धनपति पौड्याल आतंककारीको अभियोगमा ३७ महिनादेखि कम्बोडियाको राजधानी न्होमपेन्हस्थित प्रेसार जेलमा छन् ।
व्यवसायको सिलसिलामा थाइल्यान्ड हुँदै कम्बोडिया पुगेका पौड्याल सन् २०१० को मेमा न्होमपेन्हस्थित अमेरिकी, बेलायती र अस्ट्रेलियाली राजदूतावासमा आतंककारीले बम विस्फोट गराउँदै छन् भन्ने आशयको उजुरी गृहमन्त्रालयमा पुग्यो । उजुरीमा ६ जनाको नाम पोलिएको थियो,जसमा पौड्यालको नामसँग मिल्दोजुल्दो हिज्जे भएको नाम पनि थियो । त्यही आधारमा उनी पक्राउ परेका हुन् । प्रहरीकै दाबीका आधारमा दुई तहका अदालतले उनलाई जस्ताको तस्तै अनुमोदन गरी आठ बर्षको जेल सजाय तोकेका छन् ।
उनी करिब ३७ महिनादेखि जेलमा छन् । सर्वोच्च अदालतले अन्यथा नभनेसम्म उनी जेलमै हुनेछन्, अझै ४ बर्ष ११ महिना। आतंककारी भनिएको समूहका सदस्यहरुको सूचीमा रहे नाम मध्ये धनपति पौड्यालको छोटकरी नाम डीआईपी (डिप)सँग मिल्दोजुल्दो हिज्जो डीईईपी (डीप)पनि चिट्ठीमा परेका छ । उजुरी गर्ने व्यक्ति बंगलादेशी नागरिक कमाल नामका रहेछन् । उनी पनि समातिए । यसका अर्का दुई नेपाली हरि र शिब पनि मुछिएका थिए । उनीहरु भने केही दिनको हिरासत बसाइपछि छुटे । तर, तिनका बारेमा विस्तृतचाहिँ आफूलाई पनि थाहा नभएको पौड्याल बताउँछन्।
उनले आफू नभएको प्रमाण पेस गर्न खोजेपनि प्रहरीले सबै प्रमाणलाई गुटमुटाएर आफैँसँग राखेको र अदालतले प्रहरीकै भनाईकै आधारमा सजाय तोकेको गुनासो गरेका छन् । उनले भने ‘मैले गलत गरेको छैन् । मेरो उर्वर समय जेलमा बितेको छ । ‘क्षतिपूर्ति भराएर मलाई जेलमुक्त गर्ने पहल राज्यले गर्छ भन्ने आश छ ।’ पौड्यालको मजोरी भने प्रवेशाज्ञाको म्याद सकिएपनि उनी त्यही बसेका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई