आमहड्तालले जनजीवन प्रभावित, केही स्थानमा झडप

काठमाडौ। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले आह्वान गरेको बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ। मंगलबार विहानैदेखि बन्दकर्ताहरु राजधानीको मुख्य चोकमा बसेर सवारी साधन चल्न दिएका छैनन्। राजधानीका मुख्य सडक र चोकका पसलहरु खुलेका छैनन्।10686624_962598913759460_3929794028936009191_n

बन्दको क्रममा विभिन्न स्थानमा झपड भएको समाचारहरु आएका छन्। सुदुरपश्चिमको डडेलधुरा बजारमा स्थानीय बासिन्दाले बन्दकर्तामाथि आक्रमण गरेका छन्। त्यसक्रममा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन्। पर्वत सदरमुकाम कुस्मामा युवा संघले बन्दको विरुद्ध निकालेको मोटरसाइकल र्‌यालीमा बन्दकर्ताले आक्रमण गर्दा एक जना घाइते भएका छन्।

राजधानीमा केही सवारी साधनमा तोडफोड र आगजनी समेत भएको छ। बन्दकर्ताहरुले ७२०२२३ नम्बरको निलो नम्बर प्लेट भएको कुटनीतिक नियोगको गाडीमा समेत तोडफोड गरेका छन्। माइतीघर मण्डलमा पनि बन्द विरोध गर्नेहरुमाथि बन्दकर्ताहरुले आक्रमण गरेका छन्। सभाषद चित्रबहादुर केसी चढेको गाडीमाथि बबरमहलमा आक्रमण भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री